सुरेश परियार
रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यू भएको छ ।
सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यु भएको परिवारले जनाएको छ । शुक्रबार देखि सामान्य लक्षण देखा परे संगै परिवारले स्थानीय मेडिकलमा उपचार गराएका थिए तर स्थिति गम्भीर बन्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
डेँगु रोगको रोकथामका लागी सैनामैना नगरपालिकाले केही दिन अघि तिन चरणका कार्यक्रम सञ्चालन समेत गरेको थियो ।डेँगु रोगको संक्रमण केही ब्यक्तिहरुमा देखा समेत परेको छ । प्रदेश नं ५का ७ जिल्लामा डेँगु रोगको संक्रमण देखीएपनि अहिले सम्म ३ जनाको मृत्यु भैसकेको छ ।
प्रतिकया दिनुहोस्