निशुल्क र छुटमा उपचार पाउने अस्पतालको सुची सार्वजानीक

स्वास्थ्यसमाचार/ सरकारले २५ शैयाभन्दा माथिका ३५ अस्पतालमा निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा पाउने समूह छुट्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वटा समूहभित्र पर्ने बिरामीका लागि अस्पतालमा रहेका सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क वा आंशिक छुट उपलब्ध गराउने गरी मार्गदर्शन तयार गरेको छ ।मार्गदर्शनअनुसार निःशुल्क या आंशिक छुट पर्नेको पहिलो नम्बरमा गरिब, दोस्रोमा असहाय, तेस्रोमा अपाङ्ग भएका व्यक्ति, चौथोमा जेष्ठ नागरिक, पाँचौ लैङ्गिक हिंसा पीडित (बालवालिकासमेत) परेका छन् ।

त्यसैगरी छैटौमा महिला स्वास्थ्य स्वंमसेविका, सातौमा प्राकृतिक प्रकोपमा परेका (भूकम्प, बाढी, पहिरो), आठौमा सहिद परिवार, नवौमा कुपोषित बालवालिका, दशौमा प्रहरीले ल्याएका थुनुवा, ११ औमा दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको) र बाह्रौं नम्बरमा सीमान्तकृत तथा लोपन्मुख आदिवासी रहेका छन् ।

मार्गदर्शनले तोकेका समूहलाई निःशुल्क तथा आंशिक छुटका लागि सबै केन्द्रीय अस्पतालहरुमा सामाजिक सेवा इकाई अनिवार्य स्थापना गर्ने पनि उल्लेख गरिएको छ । हालसम्म ३२ वटा केन्द्रिय अस्पतालमा सामाजिक इकाई संचालनमा थिए । यस वर्षदेखि डडेलधुरा अस्पताल, गौर अस्पताल र तुलसीपुर अस्पताल थपी ३५ वटा अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरेको छ ।

अस्पतालहरुलाइ तोकिएको मापदण्डमा रहेर खर्च गर्न सहज होस भन्ने हिसाबले यो मार्गदर्शन बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय योजना तथा अनुगमन महाशाखाका उपसचिव लीलाराज पौडेल  बताए। ‘सरकारले दिएको अनुदान सहि तरिकाले खर्च गर्न सहज होस भनेर यो मार्गदर्शन ल्याइएको  बताए।

कसरी पाउँछन् यी समूहका बिरामीले सहुलियत

सरकारले २०६९ सालमा सामाजिक सेवा इकाई स्थापना तथा संचालन निदेशिका ल्याएको छ ।जसअनुसार अस्पताल प्रमुखको संयोजकत्वमा नर्सिङ्ग प्रमुख, आकस्मिक विभाग प्रमुख, मेडिकल विभाग प्रमुख, लेखा प्रमुख, स्वास्थ्य बिमा सम्पर्क व्यक्ति र सामाजिक सेवा इकाई प्रमुख रहेको व्यवस्थापन समिति हुनेछ ।

सो समितिले बिरामीको आर्थिक अवस्था मुल्यांकन गरी परिचयपत्रका आधारमा सेवाहरु निःशुल्क या छुटमा उपलब्ध गराउने छ । लैङ्गिक हिंसा पीडितको उपचारको हकमा भने सबै सेवाहरु निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

प्रदेश नं ५ का कुन कुन अस्पतालमा पाउछन निशुल्क ।
१ भेरी  अस्पताल, नेपालगञ्ज, बाँके
२ राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्ग
३  लुम्विनी प्रादेशीक  अस्पताल, रूपन्देही
४  गुलरिया अस्पताल, बर्दिया
५  तम्घास अस्पताल, गुल्मी

सम्बन्धित शिर्षक :