अर्घाखाँचीमा भाईरल ज्वरोका बिरामी बढे, १५ शैयाको अस्पताल अस्तव्यस्त

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल अर्घाखाँचीमा भाईरल ज्वरोबाट प्रभावित बिरामिको चाप बढेपछि अस्पताल नै अस्तव्यस्त बनेको छ ।

१५ शैयाको जिल्ला अस्पतालमा भाइरलका बिराकी राख्ने ठाउ नभएपछि अस्तव्यस्त बन्न पुगेको हो । अस्पतालको ओपीडीमा अहिले दैनिक २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेका छन् ।

अस्पतालमा जम्मा १५ शैया छन् तर बिरामी चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर गल्लिमा राख्नु परेको अस्पतालका प्रमुख डा।जगन्नाथ तिवारीले बताए । जिल्ला अस्पतालमा मात्रै होइन जिल्लाका निजि अस्पताल तथा क्लिनिकहरुमा पनि भाइरल जरोका विरामीको संख्या बढेको छ । मौसम परिवर्तन संगै वर्षातमा प्रदुषित पानी पिउने भएकाले भाइरलको प्रकोप बढेको जिल्ला अस्पताल अर्घाखाँचीका चिकित्सक डा। कपिल गौतमले बताए ।

डेंगु र भाईरलका बिरामी एकैपटक अस्पताल आउदा अस्पतालमा स्वास्थ्य संवेदनशीलता अपनाउन कठानाई परेको छ । हाल सम्म सन्धिखर्क उपचार गर्न आएका बिरामीहरु दुई जनामा डेंगुको संक्रमण देखिएको छ । उनीहरुलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ ।

तीन दशक अगाडी निर्माण भएको १५ शैयाको जिल्ला अस्पताल हालसम्म पनि स्तरोन्नति भएको छैन । हाम्रो डक्टर न्युजबाट

सम्बन्धित शिर्षक :