भारतीय सीमाबाट भित्रिएका ६ जना तौलिहवा क्वारेन्टाईनमा

स्वास्थ्यसमाचार / तौलिहवा क्वारेन्टाईनमा भारतीय सीमाबाट कपिलवस्तु जिल्ला भित्रिएका आमा छोरी सहित ६ जनालाई राखिएको छ । भारतका विभिन्न स्थान र साउदी अरेवियाबाट भारतको बाटोे हुदै नेपाल प्रवेश गरेका ६ जनालाई क्वारेन्टाईनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर वन्जाडेले बताए ।

यसरी क्वारेन्टाईनमा पठाईएकाहरुमा कपिलवस्तु नगरपालिका वडा नं ३ का ४३ वर्षीय ईन्दिरा देवकोटा र उनकी २ छोरीहरु मुना देवकोटा र कविता देवकोटा छन् । यशोधरा गाउंपालिका वडा नं ७ सोमडीहका सत्य राम कलवारलाई पनि थप चेकजांचका लागि क्वारेन्टाईनमा राखिएको कपिलवस्तु अस्पतालका प्रमुख डा किशोर बन्जाडेले बताए ।

सत्यराम साउदी अरेवियाबाट भारतको बाटो हुदै कपिलवस्तु आएका थिए । यसै गरी मुम्वईबाट आएका यशोधरा गाउंपालिका वडा नं। ३ का २८ वर्षीय साबुद्दिन खान र यशोधरा गाउंपालिका वडा नं ७ सोमडीहका कृष्ण गोपाल कलवारलाई पनि सोही क्वारेन्टाईनमा डा। वन्जाडेले बताए । क्वारेन्टाईनमा राखिएका ६ जनालाई केहि दिनको निरन्तर चेक अपमा राखिने डा बन्जाडेले बताए

६ दिन अघि तौलिहवा स्थित महेन्द्र आधारभूत विद्यालयमा राखिएका २ जनालाई भने आज घर फर्काईएको छ । ६ दिन सम्मको निरन्तर चेंक अप र स्वास्थ्य परीक्षणबाट उनीहरुमा कोरोना भाईरस संक्रमणको थप लक्षणहरु नभेटिए उनीहरुलाई घर फकाईएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

जिल्लामा कोरोना भाईरसको संक्रमण भित्रन र फैलन नदिन जिल्लाका सम्पूर्ण क्षेत्रलाई लक डाउन गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

सम्बन्धित शिर्षक :