फ्रान्सबाट नेपाल आएकी एक नेपालीलाई कोरोना पुष्टि

स्वास्थ्यसमाचार/ काठमाडौंमा एक जनामा कोरोना पोजेटिभ भेटिएको पुष्टि भएको छ। फ्रान्सबाट नेपाल फर्केकी १९ बर्षिय एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो। गत मंगलबार चैत ४ गते फ्रान्सबाट कतार हुदै नेपाल आएकी उनमा कोरोना पोजेटिभ भेटीएको हो। उनी हाल टेकु अस्पतालमा रहेको स्वास्थ्य मन्त्रालयले मन्त्रालयले जनाएको छ । उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :