कोरोना प्रभाब: घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको आग्रह

स्वास्थ्यसमाचार /विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरेको छ ।

उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक काम बाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए ।

‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ ।

यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।

सम्बन्धित शिर्षक :