जोखिम मोल्दै स्वास्थ्यकर्मी, ‘कोरोना युद्ध’ जित्न खोज्दैछ सरकार

काठमाडौं /सरकारले सिंगै मुलुक कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको घोषणा गरिसकेको बेला बिरामीको उपचारमा प्रत्यक्ष जोडिने स्वास्थ्यकर्मीहरु सुरक्षित कति सुरक्षित छन् ? यो पनि बहसको विषय बनेको छ ।

सरकारकले स्वास्थ्यकर्मीहरु सुरक्षित छन् भनिरहे पनि स्वास्थ्यकर्मीले भने जोखिम मोल्दै काम गर्न विवश रहेको बताइरहेका छन् ।

कति छन् स्वास्थ्यकर्मि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ३१ हजार ५९१ दरबन्दी कायम रहेको छ । जसअन्तर्गत ४ हजार जनशक्ति रिक्त छ । सरकारले जनशक्ती थप नगरेको १५ वर्ष बढि भइसक्यो । निकै कम जनशक्तीको भरमा स्वास्थ्य क्षेत्र गुज्रिरहेको छ ।

अभाव के छ ?

सबै भन्दा पहिलो कुरा त संक्रमितहरुका लागि अस्पतालहरुमा आइसोलेसन वार्ड टड्कारो आवश्यकता हो । दोस्रो कुरा, स्वास्थ्यकर्मिको मनोवल बढाउनु सरकारको दायित्व हो । मनोबल बढाएर मात्रै हुदैंन, आवश्यक पर्ने इक्वीपमेण्टको पर्याप्तता पनि चाहिन्छ । के पर्याप्त इक्वीपमेण्ट छन् त ? अहिले देशनै लकडाउन भइसक्यो । भारत लगाय यूरोपीयन देशहरुले पर्सनल प्रोटेक्टीभ इक्पिमेन्ट पठाउन छोडिसके ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार नेपालमा ६ सय बढी सेट मात्रै पि.पि.इ छ । बजारमा समेत अभाब खड्किएको छ । पि.पि.इ खरीद गर्दै आएका अर्जुन रायमाझि भन्छन्, ‘पहिले माग अनुसार आपुर्ति गथ्र्यौ । अहिले त आयात पनि बन्द भइसक्यो । भएकोले काम चलाउने हो ।’ उनका अनुसार झण्डै एक हजार पि.पि.ई अस्पतालहरुमा छ ।

पिपिइ अभाव छ : स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मी माइकल देबकोटाका अुसार अस्पालहरुमा पिपिई अभाव खड्किसक्यो । संक्रमितको संख्या बढ्दै गयो भने के गर्ने भन्ने समस्या छ ।

सरकार भन्छः पर्याप्त पि.पि.ई. छ

‘हामीसंग पाँच सय सेट पि.पि.ई. छ । स्वास्थ्यका प्रवक्ता डा.विकास देवकोटाले भने ‘अहिलेलाई पुग्छ । सटेज हुँदैन ।’ तर, स्वास्थ्यकर्मिहरु आफुले नपाएको बताउछन् । पिपिई खरीदका लागि टेण्डर आह्वान गरिएपनि हालसम्म कसैले टेण्डर हालेको छैन ।

दैनिक ९ सयको कोरोना परिक्षण गर्ने क्षमता

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सरकारको एक मात्रै राष्ट्रियस्तरको प्रयोगशाला हो । यसले मात्रै हाल कोभिड १९ परीक्षण गरिरहेको छ । प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार कोरोनाको आशंकामा ६ सय ६० जनाको परिक्षण भइसकेको छ । जसमध्ये एक जनाको रिपोर्ट मात्रै पोजेटिभ आएको छ । प्रयोगशालासंग दैनिक नौ सय जना कोरोना परीक्षण गर्ने क्षमता छ । जबकी कम्तिमा २० हजार नमूना परीक्षणका लागि तयार रहन भन्दै आएको उच्चस्तरीय निर्देशन कार्यान्वयन गर्न भनेको छ ।

कसरी वल्झीदै छ जोखिम 

सरकारले शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताललाई कोरोनाको आशंका लागेका व्यक्तिलाई उपचार गर्ने भनेको छ । मानौं कुनै व्यक्ति कोरोना संक्रमणको आशंका लागेर सो अस्पताल पुग्यो भने चिकित्सकको सल्लाहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर कोरोना टेष्ट (थ्रोट स्वाब, मेजल स्वाब) गर्न पाउछ, त्यसरि अस्पताल पुग्ने बिरामी घर फर्किन पाउछन् । घरमै बसेर दुइ दिनपछि रिपोर्ट लिन जाँदा पोजेटिभ देखियो भने अस्पताल भर्ना हुन्छ । त्यसअघि नै उसको सम्पर्कमा भएको व्यक्तिमा संक्रमण फैलिसकेको हुन सक्छ ।

त्यति मात्र होइन अस्पतालमा पनि धेरै प्रकृतिका विरामीहरु आउँछन् । उनिहरुलाई पनि सर्ने सम्भाबना रहन्छ । जबकी कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखा नपर्न सक्छ । त्यसैल ेपनि टेकु अस्पताल सहित तोकिएका अस्पतालहरुमा कोरोेनाको आशंका लागेका विरामी मात्रै जाने बातावरण तत्काल मिलाउन आवश्यक रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । अहिलेपनि टेकु अस्पतालमा कुकुरको टोकाइबाट प्रभावितदेखि सामान्य स्वास्थ्य समस्या भएका विरामीहरु पुग्ने गरेका छन् । कोरोना संक्रमित विरामीहरुको उपचारका लागि टेकु अस्पतालले हाल छुट्टै भवन प्रयोग गरेको छ ।

जोखिम मलेर काम गर्दै छौं : स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीहरुले दिनरात नभनि जोखिम मोल्दै ज्वरो नापिरहेका छन् । स्थानिय स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यका कर्मचारीदेखि केन्द्रसम्म स्वास्थ्यकर्मिहरु जोखिम मोल्न बाध्य छन् । न उनीहरुसंग एन ९५ मास्क छ न त पर्याप्त स्वास्थ्य उपकरण नै । तर, पनि जोखिमलाई साहसमा परिणत गर्दैछन् । स्वास्थ्यकर्मी अहेव अधिकृत नवराज न्यौपाने भन्छन्, ‘सरकारले हामिलाई जोखिम भत्ता दिने त भनेको छ । तर, हामीसंग स्वास्थ्य उपकरण नहुँदा जोखिम मोलेर चेकजाँच गर्न वाध्य छौं ।’ स्वास्थ्यकर्मिहरुलाई खानाको लागि समेत उपयुक्त व्यवस्था छैन ।

अवस्था के छ ?

हालसम्म नेपालमा दुइ जनालाई कोरोना पोजेटिभ रिपोर्ट देखिएको छ । एक जना चिनको वुहानबाट आएका र फ्रान्सबाट आएका एक जना नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । यसले पनि नेपाल जोखिममा छैन भन्ने आधार छैन ।

के गर्दैछ सरकार ?

सरकारले काठमाडौं उपत्यका सहित केन्द्रिय अस्पतालहरुलाई आइसोलेन वार्ड तयारी अवस्थामा राख्न भनिसकेको छ । यस्तै नेपाललाई नै लकडाउन गरेको छ भने सिमानाकाहरुमा पुर्ण रुपमा कडाई गरेको छ ।राजधानी दैनीकबाट साभार ।

सम्बन्धित शिर्षक :