प्रदेश ५मा कोरोनापरिक्षण २५७ मध्ये २३७कोे रिर्पोट नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा बैशाख ५ गतेसम्ममा प्रदेशभित्र ३सय २०वटा क्वारेन्टाइनमा १८सय ८६जना व्यक्ति बसिरहेका छन् । प्रदेश ५ मा २सय ५७ जनाको परिक्षणको लागि प्रयोगशाला पठाइएकोमा २सय ३७ जनाको परिक्षण रिर्पोट आएकोमा सबैजनाको रिर्पोट नेगेटिभ छ । २० जनाको स्वाबको परिक्षण रिर्पोट आउने क्रममा छ । प्रदेश ५ मा २सय ५५ जना आशंकामा आइसोलेसनमा भर्ना भएका मध्ये २८ जनाको उपचार हुँदैछ भने २सय २७ जना उपचारपछि घर फर्किइसकेका छन् ।जिल्ला जिल्लामा स्वाथ्यकर्मीहरु खटिएका अवस्था छ । खटिएका स्वास्थ्यकर्मीबाट क्वारेन्टाइनमा रहेका २१सय ८ जनाको आरडिटी गरिएको छ । ति सबै…

दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्देशन

रिमा विसी स्वास्थ्यसमाचार / प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिदै अझ कामको गति बढाएर आपसी समन्वय गर्दे परिणाममुखी नतिजा निकाल्नु पर्ने बेला आएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री,प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव,महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए…

बाल मृत्युदर बढ्ने जोखिमपछि खोप कार्यक्रम पुन: सञ्चालनमा ल्याइने

बीबीसी /कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरूको खोप कार्यक्रमलाई पुनस् सञ्चालन गर्न लागिएको अधिकारीहरूले बताएका छन्। तर दादुरा र रुबेलाका लागि सञ्चालन गरिएका विशेष कार्यक्रम भने लकडाउन खुलेपछि मात्रै अगाडि बढाइने बताइएको छ।खोप लगाउने कार्य नियमित गर्न नसकिए ठूलो स्रोतसाधन परिचालन गरेर कम गरिएको बाल मृत्युदर प्रभावित हुने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्। निर्देशन कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विभिन्न क्षेत्र जस्तै बालबालिकाहरूलाई नियमित रूपमा दिइनुपर्ने खोप कार्यक्रम पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।६ लाख २० हजार बालबालिकालाई…

नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०

स्वास्थ्यसमाचार / उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।

स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ । आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन । अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता…

कोरोना नियन्त्रणको लागि दिर्घकालिन योजना आबश्यक:मन्त्री बराल

स्वास्थ्यसमाचार /कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नं ५का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसंग सामाजिक विकास मन्त्रालयमा विहिवार छलफल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिईआएका डा रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए । छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने वताए । उनले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताए । क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र…

डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी कारबाहीमा

स्वास्थ्यसमाचार /मध्यरातमा सडकको बीचमा डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी उमेश लम्साल कारबाहीमा परेका छन । उनको महाराजञ्ज वृतको प्रमुखको पद खोसिएको छ भने अहिले रानीपोखरी तानिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् । उनीमाथि विभागिय कारबाहीको तयारी समेत गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले उनी माथि थप कारबाहीको तयारी गरिएको समेत जानकारी दिए । बुधबार ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका…

पिट्सबर्ग विश्वविद्यालय कोभिड-१९ को खोप परीक्षणमा सफल

स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यको प्रसिद्ध शहर स्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड-१९ को खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा खुलाशा गरेका हुन । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका छन् । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरस कोभिड-१९ लाई निष्प्रभावित पार्ने रिपोर्ट( प्रतिबेदन) प्रस्तुत गरेका छन् । अनुसन्धानकर्ताहरूले आफ्नो निष्कर्ष ईबायोमेडिसिनमा आफ्नो शोधपत्र सार्वजनिक गरेका छन् जुन एक अग्रणी ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले प्रकाशित गरेको…

समाग्री अभाबमा भैरहवा र नेपालगञ्जमा नयाँ आरटी पिसिआर मेशिन संचालनमा ढिलाई

रिमा बिसी स्वास्थ्यसमाचार प्रदेश नं. पाँच सरकारले आरटी पिसिआर मेसिनबाट कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुको थु्रटस्वाव परिक्षणकोदायरालाई फराकिलो पार्ने भने पनि मेसिनलाई चाहिने सामाग्री र सेटिङ्ग गर्ने इन्जिनियरको अभावका कारण भैरहवामा रहेको कोरोना भाइरस (कोभिड १९) को थ्रुटस्वाव परिक्षणको दायरा बढाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । आरटी पिसिआर मेशिन संचालनमा आएमा मेसिनको मोर्डल हेरेर दैनिक ७० देखि ९० सम्म परिक्षण गर्न सकिन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा यो मेसिनलाई स्वाब लिने सामग्री (भिटिएम) र मेसिन जडान गर्ने इन्जिनियरको अभाव हुँदा कठिनाई भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार…

प्रदेश ५ सरकारले १३ करोड ६० लाख कोरोना विशेष अनुदान दिने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । मुख्यमन्त्रीको प्रेस सल्लाहकार सेर बहादुर केसीका अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले दिने भएको छ ।त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख   सिद्धार्थनगर नगरपालिकालाई २० लाख र अन्य प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंया दिइने मन्त्री परिषदको निर्णय भएको बताएका छन। त्यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया भएको छ । जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई…