प्रदेश ५मा कोरोनापरिक्षण २५७ मध्ये २३७कोे रिर्पोट नेगेटिभ

२० जनाको स्वाबको परिक्षण रिर्पोट आउने क्रममा

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा बैशाख ५ गतेसम्ममा प्रदेशभित्र ३सय २०वटा क्वारेन्टाइनमा १८सय ८६जना व्यक्ति बसिरहेका छन् ।

प्रदेश ५ मा २सय ५७ जनाको परिक्षणको लागि प्रयोगशाला पठाइएकोमा २सय ३७ जनाको परिक्षण रिर्पोट आएकोमा सबैजनाको रिर्पोट नेगेटिभ छ । २० जनाको स्वाबको परिक्षण रिर्पोट आउने क्रममा छ ।

प्रदेश ५ मा २सय ५५ जना आशंकामा आइसोलेसनमा भर्ना भएका मध्ये २८ जनाको उपचार हुँदैछ भने २सय २७ जना उपचारपछि घर फर्किइसकेका छन् ।जिल्ला जिल्लामा स्वाथ्यकर्मीहरु खटिएका अवस्था छ । खटिएका स्वास्थ्यकर्मीबाट क्वारेन्टाइनमा रहेका २१सय ८ जनाको आरडिटी गरिएको छ । ति सबै जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।

प्रदेश ५ मा ४८ कोरोना अस्पतालमा ३सय ३५ वेड क्षमता रहेकोमा अहिले २७ जना बिरामी भर्ना छन् । ४ वटा कोरोना बिशेष अस्पतालको २सय ३० बेड क्षमता रहेकोमा अहिले १ जना अहिलेपनि बिरामी भर्ना रहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालले जनाएका छन।

प्रदेश ५ को भैरहवाको गहुँबाली परिषरभित्र रहेको प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालामा पोर्टेबल पिसिआर मेशिनबाट स्वाबको परिक्षण भइरहेको छ ।
ठूलो पिशिआर मेशिनका लागि प्रयोगशालाका सामग्रीहरु नेपालगञ्जको पुगेका छन ।

भैरहवाको ठूलो क्षमताको पिसिआर मेशिन संचालनमा केही दिन लागेपनि संभवत नेपालगञ्जको पिसिआर मेशिन शुरु गर्ने तयारी भैरहेको छ ।रिर्पोट पोजेटिभ रिपोर्ट आएको खण्डमा यहाँ शतप्रतिशत विश्वस्त हुन नसकिने भएकाले पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने व्यवस्था गरिएको छ ।

कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माइक्रोबायोलोजिष्ट विष्णु रायमाझीको नेतृत्वमा टोली खटिएका छन् ।उनलाई लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब प्राविधिकहरुले सहयोग गरिरहेका छन् । एउटा नमुना परीक्षण गरेर रिपोर्ट आउन कम्तीमा एक घण्टा लाग्ने गरेको छ ।

भैरहवामा स्थापना भएको प्रयोगशालामा दैनिक १०र१२ वटा स्वाबको परिक्षण भइरहेको छ ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रयोगशाला बनाउने गरी काम अगाडी बढेको छ ।

सम्बन्धित शिर्षक :