लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो :अध्यक्ष यादब

आज उठाएको लठ्ठिले धेरैलाई लाश हुनबाट जोगाउछ भने त्यो गर्न म पछि हट्दैन

स्वास्थ्यसमाचार/ कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गए पछि सुरक्षाकर्मि संगै स्थानिय तह पनि यसलाई लागु गर्न लागी परेका छन् ।

लकडाउनको उल्लंघन बढ्दै गए पछि २६ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव आफै बाटोमा लकडाउनको पालन गर्न निस्किएका छन् । बिशेष गरि ग्रामीण क्षेत्रमा अहिले गँहु काट्ने काम भई रहेको हुदा कृषि बहाना देखाउदै लकडाउन उल्लंघन बढ्दै गएको छ ।

कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्किने गरेको कारण यसले जोखिम बढाएको यादवको भनाई छ । पहिलो दिन भएकोले अनावश्यक रुपमा बाहिर देखिएकोलाई फेरी ननिस्कने शर्तमा छोडिएको र फेरी पनि देखिए कार्यवाही गर्ने उनले बताए ।

केही गरि पनि नमाने अन्तिममा आफै लठ्ठी हानेर धपाउने यादवको भनाई छ । “मेरै गाउँपालिका हो सबै मेरै जनता हुन तर के गर्ने लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो हो ।” यादवले भने “आज उठाएको लठ्ठिले धेरैलाई लाश हुनबाट जोगाउछ भने त्यो गर्न म पछि हट्दैन ।”

सुरक्षाकर्मिले मात्र लकडाउनमा कडाई गर्न गाह््रो भएको हुदा स्थानिय तहले पनि यसको पहल गर्ने यादवले बताए । उनल धकधई चोकबाट यसको सुरुवात गरेका छन् । चोकम मात्र नभई ग्रामीण क्षेत्रहरुमा पनि निगरानी बढाईने यादवको भनाई छ । यसको साथै उनले बजारलाई अझै ब्यवस्थित बनाईने बताएका छन् ।

रोहिणी गाउँपालिकाले आज एक सूचना जारी गर्दै बैशाख १५ गते सम्मको लागी दिउसो १२ देखी ३ बजे सम्म मात्र अत्यावश्यक सामाग्री बिक्रि बितरण गर्ने पसल खोल्न अनुरोध गरेको छ । यसका साथै सो समयमा खरिद बिक्रि गर्नेहरुले सामाजिक दुरीको पालन गर्न पनि अनुरोध गरिएको छ । गाउँपालिकाको सूचना बिपरीत पसल सञ्चालन गरे सुरक्षा निकायको सहयोगमा गाउँपालिकाले कार्यवाही गर्ने पनि जनाएको छ ।

 

यस अघि पनि रोहिणी गाउँपालिकाले भारत र नेपाली नागरिकको आवागमन रोक्न सीमामा स्थानियहरुलाई आग्रह गरेको छ । सबै जिम्मा सुरक्षाकर्मिलाइृ मात्र दिएर नहुने उनको तर्क छ ।

सुरक्षाकर्मिलाई सघाउन र आफ्नो टोल छिमेकमा आउने भारतीयहरुलाई रोक्ने जिम्मेवारी स्थानिय सीमा रक्षकको पनि भएको यादवको भनाई छ । यसै कारण सीमा क्षेत्रमा स्थानियहरुको सहयोगमा गाउँपालिकाले निगरानी बढाएको र अनुगमनलाई तिव्रता दिईएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।

सम्बन्धित शिर्षक :