स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस

रगत बगेमा,पानी बगेमा,वच्चा नचलेमा,गर्भअबस्थामा अत्याधिक पेट दुखेमा ,डेलिभरी डेट काटेमा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ ।

आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन ।

अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता आएको डा थापाको भनाई छ।

अस्पतालमा अहिले साधारण चेकजाच गर्न खोपलगाउन भिडीयो एक्सेर गर्न आउन आबश्यक नरहेको डा थापाले बताईन । गर्भवती महिला यसरी अस्पताल आउदा जोखीम वढी हुने थापाको भनाई छ ।

स्त्री तथा प्रशुती रोग बिभाग प्रमुख श्रीधर आर्चायका अनुसार ओपीडि बन्द भएपनि समान्य रोगका बिरामी आएका र उनीहरुलाई अस्पतालका चिकित्सक संग सम्पर्क गर्न आग्रह गरिएको छ ।

सम्पर्क का लागी ९८४३२०८३८७ गर्न सकिनेछ उक्त मोबाईलमा भाईबरबाट म्यासेज समेत गर्न सकिने उल्लेख गरिएको छ । मोबाईलमा बिहान १० बजे देखी दिउसो ३ बजे सम्म सम्मर्क गर्न सकिने बिभागले जनाएको छ ।आपतकालीन अबस्थाका बिरामीहरुहरुलाई चौबिसैघन्टा सेवा उपलब्ध रहेको छ ।

आपतकालीलन अबस्था कस्तोलाई भन्ने

रगत बगेमा
पानी बगेमा
वच्चा नचलेमा
गर्भअबस्थामा अत्याधिक पेट दुखेमा
डेलिभरी डेट काटेमा

सम्बन्धित शिर्षक :