कोरोना नियन्त्रणको लागि दिर्घकालिन योजना आबश्यक:मन्त्री बराल

क्रिटिकल केयरको लागि ४ वटा कोरोना स्पेशल अस्पताल

स्वास्थ्यसमाचार /कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नं ५का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसंग सामाजिक विकास मन्त्रालयमा विहिवार छलफल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिईआएका डा रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए । छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने वताए । उनले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताए ।

क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको मन्त्री बरालले बताए ।

मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिने अवस्थामा रहेको वताए । विशेष परिस्थितिमा खरिद सम्वन्धी ऐनमा केही सहजीकरण गर्न पर्ने आवश्यकता औल्याउनु हुदै खनालले संघिय सरकारले विशेष परिस्थितीमा केही सरलीकृत गरिदिनु पर्ने वताए ।

उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी प्रदेश आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाई प्रदेश स्वास्थ्य तालिमकेन्द्रका निर्देशक महेश्वर श्रेष्ठ लगायको सहभागि रहेको थियो ।

सम्बन्धित शिर्षक :