आरडिटी चेक नेगेटिभ देखिए घर पोजिटिभ देखिए आइसोलेसनमा

स्वास्थ्यसमाचार/ विगत २५ दिनदेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु लाईे आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए आइसोलेसनमा राखी थप उपचारको गरिने भएको छ । भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेको कारण उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । पहिलो चरणमा १ सय जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने बताए ।नेपाल भित्रिएकाहरुको आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर…

यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२सय पिपिइ हस्तान्तरण

स्वास्थ्यसमाचार / संयुक्त राष्ट संघिय जनसंख्याकोषले नेपाल सरकारलाई १२ सय पिस पिपीइ (category I) प्रदान गरेको छ। विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्तण र रोकथामको लागी नेपाल सरकारलाई उक्त पिपीइआर्ई हस्तान्तण गरेको हो । उक्त १२ सय पिपीई मध्ये प्रदेश नं ५ स्वास्थ्य आपुर्ति केन्द्रलाई २ सय पिस पिपीई प्रदान गरिएको युएनएफका क्षेत्रिय संयोजक राम थापाले बताए । आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाईले महामारि नियन्तणमा सबैको सहयोग आबश्यक हुने बताए । आबश्यक ठाउमा यी पिपीई प्रयोग गरिने चापाईले बताए । यस PPE कोरोना संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मि ल्याबका…

कोरोना उपचार कोषमा एसविआई बैकको ५ लाख सहयोग

स्वास्थ्यसमाचार / प्रदेश ५ सरकारले संचालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसविआई बैक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ । आज कोषका अध्यक्ष समेत रहेका भएका सामाजिक विकास मन्त्री सुदर्शन बराल लाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार चेक हस्तान्तरण गरे । कोषमा अहिले सम्म १४ करोड ४२ लाख १३हजार ३०सय ६६ जम्मा भएकोमा २० लाख रुपैया खर्च भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले बताए ।

उदयपुर र जनकपुरमा २ जनामा कोरोना , नेपालमा ४७ संक्रमण

स्वास्थ्यसमाचार / नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना उपचारपछि निको भइसकेको  जानकारी दिए।बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो। बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिएका थिए।…

पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि…

स्वास्थ्य पत्रकारलाई मास्क, ग्लोब्स र सेनिटाइजर वितरण

स्वास्थ्यसमाचार /कोरोना रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढिरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामग्री पत्रकारलाई वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै मञ्चकी अध्यक्ष कल्पना आचार्यले कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी जस्तै सूचना संकलनका लागि फिल्डमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै उनीहरुका लागि सुरक्षा सामग्री वितरण गरिएको बताइन्। उनले भारतको मुम्बईमा एकै दिन…

पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीद्वारा स्वास्थ्य सामाग्री

स्वास्थ्यसमाचार /कोरोना भाइरसको महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला पनि फिल्डमा खटिएका रूपन्देहीका पत्रकारलाई ओैषधी व्यवसायी संघ रूपन्देहीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सरकारले घोषणा गरेको लकडाउनका कारण सबैजसो नेपालीको दैनिकी घरभित्रै सिमित भैरहँदा समेत दिनरात आफ्नो कर्तव्य पुरा गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि संघले मास्क, स्यानिटाइजर र पन्जा प्रदान गरेको हो । संघले दैनिक रिपोर्टिङको लागि फिल्डमा नगई नहुने एकसयजना पत्रकारको लागि पुनः प्रयोग गर्न सकिने मास्क सेनिटाईजर र पन्जा वितरण गरेको हो । बुधवार बुटवलमा आयोजित कार्यक्रममा ओैषधी व्यवसायी संघका अध्यक्ष सुरज भट्टराइले सामाग्री प्रदान गर्दै जोखिम मोलेर…

बुटबलको कोरोना कोषमा प्याब्सन नगरको ५लाख ७२ हजार सहयोग

स्वास्थ्यसमाचार /निजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन प्याब्सन बुटवल नगर समितिद्वारा बुधबार बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलिले एक समारोह बीच नगर प्रमुख शिबराज सुबेदीलाई राहत रकमको चेक हस्तान्तरण गरे । प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी बिद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा बिपत्तिमा परेका बिपन्न नागरिकको सहयोगका लागि सो रकम प्रदान गरिएको नगर अध्यक्ष शर्माले बताए । चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शुबेदीले बिपन्न नागरिकका लागि भनी प्रदान गरिएको रकमले…

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ जना थपिए

स्वास्थ्यसमाचार/ नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।  धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणका क्रममा २४ ,६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको छ। यी मध्ये ७ जना उपचारपछि निको भइसकेको  जानकारी दिए।

बर्दघाटका ७८ वर्षीय पुरुषकाे पीसीआर टेष्ट नेगेटिभ

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी बर्दघाटका ७८ वर्षीय एक पुरुषको पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यापिड डायग्नोस्टिक टेष्ट आरडीटीे परीक्षण गर्दा उनको पोजेटिभ देखिएपछि उनलाई थप परीक्षणका लागि भैरहवा पठाइएको थियो । उनको स्वावको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए । बर्दघाटको चिसापानीस्थित सामुदायिक अस्पतालमा दुई पटर्क यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछिउनको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर टेष्टका लागि पठाइएको थियो । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भर्ने यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१…