कोरोना संक्रमितको लागी आफ्नो प्लाज्मा दिएर बचाउन चाहन्छु :प्रसिद्दि श्रेष्ठ

उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग पाए

स्वास्थ्यसमाचार /कोरोनालाई जितेकी प्रसिद्धि श्रेष्ठले आफ्नो रगतको प्लाज्मा दिएर अरु संक्रमितलाई बचाउन चाहेको वताईन ।

२७ दिनको अस्पताल बसाँईपछि डिस्चार्ज भएर घर जाने क्रममा १९ वर्षकी प्रसिद्दिले आफ्नो शरीरमा एण्टी बडीको विकास भइसकेकाले आफ्नो प्लाज्मा दिएर अरु संक्रमितको जीवन बचाउने चाहाना भएको बताईन ।

अस्पतालबाट बिदाई हुने क्रममा उनले आफ्नो जीवन बचाउन रातदिन खटिनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, प्राविधिक, सहयोगी , नेपाल सरकार तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका सबैलाई धन्यवाद दिईन ।

अस्पतालको बसाईको क्रममा आत्मियता प्रकट गर्दै आफुलाई एक्लोपनको आभास महसुस हुन नदिनुका साथै हौसला बढाउन प्रेरित गरेका सबैको प्रशंशा गर्दै आत्मबलकै कारण आफुले कोरोनालाई जित्न सफल भएको वताईन ।

बिदाई हुँदै गर्दा पटक पटक आँखाभरी आशु पारेकी प्रसिद्धिले अस्पतालमा उपचाररत अरु संक्रमितलाई पनि उच्च मनोबलका साथ बस्न आग्रह गरिन । उनले भनिन तपाईहरु जहाँ – जहाँ हुनुभएपनि कोरोनाबाट नआत्तिनुस् धैयै राख्नुहोला तपाई पनि कोरोनालाई जितेर छिटै घर फर्कनुहुनेछ ।

प्रसिद्धि गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै क्यूआर ६५२ उडान मार्फत नेपाल आएकी थिईन । सचेत नागरिकको भूमिका निर्वाह गर्दै उहाँ क्वारेन्टाइनमा बसेको कारण आफ्नो परिवार तथा अन्य व्यक्तिमा संक्रमण हुन नपाएको उनको भनाई छ ।

सम्बन्धित शिर्षक :