दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्देशन

आपसी समन्वय गर्दे परिणाममुखी नतिजा निकाल्नु पर्ने बेला हो

रिमा विसी

स्वास्थ्यसमाचार / प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिदै अझ कामको गति बढाएर आपसी समन्वय गर्दे परिणाममुखी नतिजा निकाल्नु पर्ने बेला आएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री,प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव,महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले भन् “अब अझै कामको गति बढाऔं, तत्काल कामको नतिजा चाहिएको छ ।अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परिक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ—मुख्यमन्त्रीले भने ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसियु सहितको कोरोना विशेष आइसोलेसन अस्पताल निमार्ण गरेको छ ।
कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र विरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न निर्देशन दिए।

बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट,निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम र काम गर्दा आइपरेका समस्याका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

सम्बन्धित शिर्षक :