दुबै खुट्टा भाचिएका जीवनको उपचार खर्च लायन्स क्लब अफ सिद्धार्थनगरले व्यहोर्ने

आर्थिक अभाबमा उनी बिगत लामो समयदेखी अस्पतालको बेडमा छटपटाइ रहेका थिए

स्वास्थ्यसमाचार /दुबै खुट्टा भाचिएर अस्पतालको बेडमा छटपटाइरहेका प्युठान फोप्लीका १३ बर्षिय जीवन पुनको खुट्टाको अप्रेशन हुने भएको छ ।

अप्रेशनकोलागि लाग्ने करिब चार लाख रकम नहुदा उनी साउन ३० गतेदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको बेडमा छटपटाइरहेका थिए । आर्थिक अभाबमा उपचार रोकियो भन्ने समाचार भएपछि भैरहवा क्षेत्रका सामाजसेवी नेत्र प्रसाद आचार्यको समूहले जीवनको उपचारमा लाग्ने सबै खर्चको प्रबन्ध गर्ने भएको हो ।

दुबै खुट्टा भाचिंएर अस्पतालको बेडमा पल्टीरहेका जीवन पुनको उपचारको सबै खर्च लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचर्यको समूहले व्योहोर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आचर्यले आर्थिक अभाबकै कारण उपचार नहुनु बिडम्बनापुर्ण भएको बताउदैं जीवनको उपचारमा लाग्ने सबै खर्चको व्यवस्थापन आफुहरुको क्लबले विभिन्न व्यक्ति र संघसंस्थासंग समन्वय गरेर गर्ने बताए ।

अस्पताल परिसरमा उपचार नपाएर अस्पतालको बेडमा छटपटाइरहेका जीवन र उनका बुबा कर्णबहादुर तथा काका देविराम समक्ष प्रतिबद्धता व्यक्त गर्दै आचर्यले भने, ‘जीवनको उपचारमा लाग्ने सबै खर्चको हामी व्यवस्था गछौं । तपाईहरु चिन्ता ननलिनुहोस् । ’

अस्पतालका जनसम्पर्क अधिकृत शुसील गुरुंगलाई आग्रह गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव समेत रहेका आचार्य भने, ‘आजैदेखि जीवनको अप्रेशनको तयारी गनुहोस् । हामी जति पैसा लाग्छ त्यो हामी तिछौं । उपचारमा कुनै कमि नहोस् । ’

आचार्यले भने,‘ पैसाको अभावको कारण जीवन भाईको उपचारमा समस्या आएको खबरले हामी अत्यन्तै भावविहल भयौं । त्यसपछि मैले लायन्स सदस्यहरु, अग्रजहरु, यस क्षेत्रका सामाजिक संघसंस्थासंग सम्पर्क गरे । सबैले सहयोगकोलागि प्रतिबद्धता व्यक्त गरे । आज यो रकम हस्तान्तरण गरेका छौं । र, यहां अस्पतालमा लाग्ने सबै रकम सबै संघसंस्थाको सहकार्यमा उठाएर जीवनको अप्रेशन गर्ने व्यवस्था हामी गछौं ।

’जीवनको उपचारार्थ लायन्स क्लब अफ सिद्धार्थनगरले ५१ ह्जार, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले ३५ हजार, लायन्स क्लब अफ टुलिपले ३५ हजार र अन्य संघसंस्थाले गरी आजै अस्पातलमा पुगी दुई लाख सत्तरी हजार बराबरको रकम सहयोग स्वरुप हस्तान्तण समेत गरिएको आचर्यले बताए ।

रकम प्राप्तीपछि जीवनका बुबा कर्णबहादुरले भने ‘आज सारै खुसी ब्यक्त गरे ।तपाईहरुले थाहा पाएर आएर यसरी सहयोग गर्नुभएको छ। तपाईहरुलाइ धेरै धेरै धन्यवाद । ’

गत साउन ३० गते घरबाट स्थानिय बहाने बजार जादैं गर्दा लम्पुकभीरमा एक्कासी ढुंगा खस्दा जीवन घाईते भएका थिए । भीरबाट खसेको ढुंगाले किच्दा उनको दुबै खुट्टाको हड्डी भाचिंएर छियाछिया भएको उपचारमा संलग्न चिकित्सले बताएका छन् । भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पालत (युसिएमएस) मा भर्ना भएका जीवनको उपचारमा भने आर्थिक अभाबले समस्या परेको थियो ।

क्रृण काढेंर चालिस हजार साथमा लिएर प्युठानदेखि छोरोलाई लिएर भैरहवा आएको जीवनका बुबा कर्णबहादुर यतिबेला पैसा अभाबले सहयोगको याचना गर्दै हिडीरहेको थिए ।

प्युठानको नौबहिनी गाउपालिका वडा नम्बर ८ फोप्ली गैराथोक स्थायि घर भएका कर्णबहादुरको जीवन सहित १० बर्षकी छोरी पनि छन् । स्थानिय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान बिहान बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोला स्थित लम्पुक भीरमा हिड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुबै खुट्टा भाचिंएको हो ।

शुरुमा आइसियुमा राखेर उपचार गरिएको जीवनको स्वास्थमा सामन्य सुधार भएपछि हाल वार्डमा राखेर उपचार भईरहेको युसिएमएस भैरहवाका प्रशासन प्रमुख तेजकुमार के.सीले बताए । जीवनको उपचारमा डा. प्रकृतिराज कडेंल, डा. किशोरमान श्रेष्ठ सहितको चिकित्सको टोली संलग्न छ ।

सम्बन्धित शिर्षक :