बुटवलको कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ बुटवल स्थित कोरोना बिशेष अस्पतालमा रुपन्देही को तिलोत्तमा र कपिलवस्तुका १ १ जना गरि २जना संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संक्रमितको बिहिबार बिहान १०ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए ।

तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।त्यतै बुटवलको कोरोना अस्पतालमा कपिलवस्तु नगरपालिका १ का बर्ष ५० का पुरुषको मृत्यु भएको कोरोना अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए । भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गते देखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

सम्बन्धित शिर्षक :