भिम अस्पताल भैरहवामा कोरोना संक्रमित बिरामीको मृत्यु

घर बनाउन मिस्त्रीको काम गर्ने नाउ छतबाट लडेर टाउकोमा चोट लागेको कारण उपचाररत थिए

स्वास्थ्यसमाचार / भैरहवास्थित भिम अस्पताल जना कोभिड १९ संक्रमित बिरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहावा ३ का ५० बर्षिय कल्लु नाउ मुसलवानलाई सोमबार साझ ५ बजेतिर कोभिडको उपचारका लागि भीम अस्पताल पु¥याए राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउन मिस्त्रीको काम गर्ने नाउ छतबाट लडेर टाउकोमा चोट लागेका उनको उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा गएका थिए ।

उनको उपचारका लागि कोरोना जाँच गर्दा पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई कोभिड उपचारका लागि भीम अस्पताल पठाएको थियो ।

पहिलो चरणको ९८ जना कोभिड बिरामीको सफल उपचार गरी घर फर्काएको भिम गएका थिए । भिममा यो पहिलो कोरोना संक्रमितको मृत्यु भएको पहिलो घटना भएको अस्पतालले जनाएको छ ।अस्पतालमा ५ बटा आईसियु वेड सहितको सुबिधा भएपनि आईसियु संचालनका लागि जनशक्ति अभाब भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :