प्रदेश ५ मा डाक्टर नर्स सहित ८जना प्रदेश सेवा पदकद्धारा बिभुषित

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले संविधान दिवसको अबसरमा प्रदेश सेवा पदकद्धारा यस प्रदेशका ४ डाक्टर २ नर्स १ आयुर्वेद र १ जना ल्याव टेक्नीसियन लाई विभुषित गरेको छ ।

बिभुषित हुनेमा डा. राजेन्द्र प्रसाद खनाल लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट , डा. सुमित प्रजापति भीम अस्पताल भैरहवा, डा. उत्तम पच्या गुल्मी जिल्ला अस्पताल गुल्मी तम्घास रहेका छन।

उनीहरुलाई कोभिड १९ बाट संक्रमित बिरामी र अन्य बिरामीहरुको उपचारको समुचित व्यवस्था मिलाएको र जिल्ला अस्पतालमा कार्यरत रही स्वास्थ्य सेवामा प्रशंसनीय कार्य गरेको कारण बिभुषित गरेको छ ।

त्यस्तै २ जना नर्स बसुन्धरा ज्ञवाली गौतम भेरी अस्पतालमा कार्यरत रही खजुरास्थित कोरोना संक्रमितहरुको उपचारगर्ने अस्पतालमा समेत खटिई संक्रमितहरुको उपचारमा संलग्न भई विशेष योगदान गरेको बाँके प्रदेश सेवा समर्पण पदक ख र आयुस्मा अर्याल कपिलबस्तु अस्पतालमा रही कोभिड१९ संक्रमितहरुको उपचारमा संलग्नरहेको कपिलवस्तु समाजसेवा पदक बाट विभुषित गरेको छ ।

त्यस्तै विष्णुहरि आचार्य रुपन्देहीस्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदानगरेको रुपन्देही प्रदेश सेवा समर्पण पदकवाट बिभुषित गरेको छ ।

प्रदेश सरकारले लक्ष्मण पन्थी प्रदेश जनस्वास्थ प्रयोगशालामा कार्यरत रही कोभिड१९ का सम्भावित संक्रमितहरुको नमुना संकलन गरी ल्याब परीक्षण गरेको रुपन्देही प्रदेश सेवा समर्पण पदक र डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त) अर्घाखाँची जिल्ला अस्पतालमा रही स्वास्थ्य सेवाको क्षेत्रमा विशेषयोगदान गरेको अर्घाखाँची सेवा समर्पण पदकबाट बिभुषित गरेको छ ।

सम्बन्धित शिर्षक :