पिजी अध्ययनका लागि २ वर्ष काम गरेकालाई मात्र उम्मेद्वार बनाउन आयोगलाई मन्त्रालयको पत्र

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह पिजी को सरकारी सिटमा छात्रवृत्तिमा अध्ययनका लागि कम्तिमा २ वर्ष सरकारी सेवामा काम गरेकालाई मात्र उम्मेदवार बनाउन चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको छ।

मन्त्रालयले चिकित्सा शिक्षा नियमावलीमा त्रुटि भएको भन्दै त्यसलाई सच्याउँदै सरकारी सेवामा काम गरेको २ वर्ष भएकालाई मात्र छात्रवृत्तिमा अध्ययनका लागि व्यवस्था गर्न पत्र पठाएको हो।

चिकित्सा शिक्षा नियमावली(२०७७ मा सरकारी चिकित्सकलाई पिजीमा अध्ययनका लागि ४० प्रतिशत सिटको व्यवस्था गरेको छ। उक्त सिटमा करारमा काम गरिरहेका चिकित्सकले १ वर्ष काम गरेको भए पनि अध्ययनका लागि अवसर पाउने व्यवस्था नियमावलीमा छ।मन्त्रालयले करार र स्थायी दुवैले काम गरेको २ वर्ष पुगेपछि मात्र छात्रवृत्तिमा पढ्ने उम्मेदवार हुन पाउने व्यवस्था गर्न आयोगमा पत्र पठाएको हो।

करारमा काम गरेका चिकित्सकहरुले एक वर्ष पुरा गरेपछि उम्मेदवार हुन पाउने भनी सूचना प्रकाशित भएकोमा सबै स्वास्थ्य सेवामा रहेका चिकित्सकको सम्बन्धमा स्थायीको हकमा दुई वर्ष पुरा भएपछि र छात्रवृत्ति करारका चिकित्सकको हकमा कबुलियतनामा बमोजिम २ वर्ष पुरा भएपछि मात्र उम्मेदवार हुन पाउने व्यवस्था हुनुपर्नेु मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।

आयोगले पिजीको एकिकृत प्रवेश परीक्षा असोज २७ गतेदेखि लिने भएको छ। आयोगले असोज २७, २८ र २९ गते परीक्षा लिने भएको हो।

 

सम्बन्धित शिर्षक :