आयुर्वेद क्षेत्रका दुई स्वास्थ्यकर्मी सुप्रबल /प्रदेश सेवा समर्पण पदक वाट बिभुषित

स्वास्थ्यसमाचार/ सरकारले संविधान दिवसका दिन घोषणा गरेको पदकका लागि आयुर्वेद क्षेत्रबाट दुई जना परेका छन । त्यसमध्ये एक जना केन्द्र सरकारबाट छनौटमा परेका हुन भने अर्को प्रदेश ५ सरकारको छनौटमा परेका हुन् ।

राष्टिय आयुर्वेद अनुसन्धान केन्द्र किर्तीपुरका कार्यकारी निर्देशक डा रामअधार यादवलाई नेपाल सरकारले सुप्रबल जनसेवा श्री ले सम्मानित गर्ने सूचीमा राखेको छ । त्यस्तै रुपन्देहीका विष्णु आचार्य प्रदेश सरकारबाट पदकका लागि छनौटमा परेका छन ।

लुम्विनी आयुर्वेद औषधालयका बैद्य आचार्य रुपन्देहीस्थित आइसोलेसन केन्द्रहरुमा आयूर्वेदिक पद्धति र योगामार्फत कोभिड १९ संक्रमितहरुको उपचार गरेको र संक्रमितहरुमा हौसला प्रदान गरेबापत प्रदेश सरकारको छनौटमा परेका हुन् ।आचार्यले संक्रमितहरु राखिएका स्थानहरुमा पुगेर योगदेखि आयुर्वेद सम्वन्धी ज्ञान प्रदान गर्दै आएका छन ।

कोरोनाका कारण भय त्रासमा रहेकाहरुको मनोवल बढाउन उनले महत्वपूर्ण भुमिका खेल्दै आएका छन । योग सम्वन्धमा राम्रो ज्ञान हासिल गरेका आचार्यले खेलेको भुमिकाको प्रदेश सरकारले सम्मान गर्दै संविधान दिवसका दिन प्रदेशबाट पदक पाउनेहरुको नामको सूचीमा प्रदेश सेवा समर्पण पदक ख मा उनको नाम छ ।

सम्बन्धित शिर्षक :