लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित कोभिड पिसिआर मेसिन जडान

स्वास्थ्यसमाचार /प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोभिड १९ को पिसिआर परिक्षणकालागि पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् । स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ । म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिए । प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा…

कोरोनाले के के मात्रै गरेन मलाई ? कोरोना डायरी : अनुभुति र चुनौती :डा राजेन्द्र खनाल

लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाल कोरोना संक्रमित भएपछि लामो समय संम्म होम आईसोलेसनमा बसेको बेला कोरोना वाट आफुले भोगका अनुभब यस प्रकार रहेका छ । १.असोज ७ गते अफिसमै काम गरिराखेको बेलामा जीउ दुखेजस्तो भारि भएकोले ३:०० बजे दिउसो नै घर फर्किए, आरामको लागि। केहि आराम गरेपछि बेलुकि केहिछिन घुम्न निस्किएं। खाना पछि सुत्ने काम भयो। २.त्यहिं मध्यराति भनौं असोज ८ गते ( बिहीबार )बिहान १:०० बजे एक्कासि सुख्खा खोकीको कारणले घांटि कोक्याएको जस्तो भएर उठ्नुपर्यो।ज्वोरो आएको महशुस थियो ,नाप्दा १०१ डी. फ. थियो। बाहिर पानी झम्झम परिराखेको…

लुम्बिनी प्रदेशका सभामुख र कानुनमन्त्री मन्त्री लाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ति र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई भर्खरै कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश सांसद इन्द्र जित थारुले बताए। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।घर्ति र केसीलाई कोरोना भएपछि उनी क्याटरमै आइसोलेनमा बसेका छन्। गत मँगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आसंका गरिएको छ । बैठकमा सहभागी मूख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा…

बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ ।नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र…

तिलोत्तमाका मेयर वासुदेव घिमिरेलाई कोरोना संक्रमण

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेब घिमिरेलाई कोरोना संक्रमण देखीएको छ। उनले आज आफनो सामाजीक संञ्चाल मा आफुलाई कोरोना संक्रमण भएको बताएका छन। आईतबार हिजो बाट मिल्दा लक्षण देखिन गई पिसीआर परिक्षण गराउदा पोजेटिभ रिपोर्ट आएको घिमिरेले बताए। अहिले मेरो अबस्था सामान्य छ घरमै एकान्त बसेको छु । तसर्थ केही दिन यता सम्पर्कमा रहनु हुने सबैले सतर्कता रहन उनले भनेका छन। हिजो बाट मिल्दा लक्षण देखिन गई PCR चेक गरिएकोमा पोजेटिभ रिपोर्ट आएको छ I अहिले सामान्य अबस्थामा घरमै एकान्त बसेको छु । तसर्थ केही दिन यता सम्पर्कमा रहनु हुने सबैले सतर्कता…

नेपालमा पहिलो कोरोना संक्रमित डाक्टरको मृत्यु

स्वास्थ्यसमाचार/ कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। भेरी अस्पताल नेपालगञ्जको कोभिड आइसोलेसन वार्डमा उपचाररत उनको आज बिहीबार  दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा. प्रकाश थापाले पुष्टि गरे । उनी प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । शुरुमा उनलाई त्यही उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि असोज २ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उनलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो । ५८ वर्षीय डा…

रुपन्देहीमा स्वास्थ्य बिमा सदस्यता दर्ता शुरु

स्वास्थ्यसमाचार /नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमको रुपन्देहीमा सदस्यता दर्ता कार्यक्रम शुरु भएको छ । ५९ औ जिल्लामा रुपन्देहीमा कार्यक्रम शुरु गरिएको हो । स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंको आयोजनामा बुटवलमा एक कार्यक्रम गर्दै स्वास्थ्य बिमा सदस्यता दर्ता शुरु गरेको हो । ४ जना जेष्ठनागरिकलाई सदस्यता बितरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । बुटवल उपमहानगरपालिका ९ का जेष्ठ नागरिकहरु लक्षिमा नेपाल, आशादेबी खराल, जित राई र काशी श्रेष्ठलाई सदस्यता कार्ड उपलब्ध गराईएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश ५ सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ का स्वास्थ्य संस्थाहरुको…

प्रदेश ५मा सुरक्षित गर्भपतन गराउनेको संख्या कोरोनाले घटायो

स्वास्थ्यसमाचार/ कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासको कारण सुरक्षित गर्भपतन सेवा लिने सेवाग्राहीको संख्या घटेको छ । सरकारी तथ्याकले गतवर्षको तुलनामा २६ प्रतिशतले सेवाग्राही घटेको जनाएको हो । केन्द्रमा सेवाग्राही घटेपछि प्रदेश ५ मा रहेका सरोकारवाला सेवाप्रदायकहरु टोलफ्रि र घरदैलो कार्यक्रम शुरु गरेका छन । प्रदेश ५ मा पछिल्लो ३ वर्षको तथ्याक केलाउदा सर्जिकल सेवा लिने सेवाग्राही १० प्रतिशतले घटेको स्वास्थ्य निर्देशनालयका प्रजनन् स्वस्थ्य सेवाका फोकलपर्सन कौशल भण्डारीले बताए । आर्थिक वर्ष २०७४ /२०७५ मा ८ हजार ३ सय २५ जनाले सर्जिकल तथा १० हजार १ सय ३८ जनाले मेडिकल…

प्रदेश ५ सरकारका १२ निर्णय :कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप्ने

स्वास्थ्यसमाचार/ प्रदेश नं ५ सरकारले कोरोना संक्रमण भई लक्षण देखिएका बिरामीको उपचारका लागि अक्सिजन प्लान्ट सुविधायुक्त अर्धसघन कक्ष सेवा विस्तार गर्ने भएको छ । प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशका लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पताल र दाङ बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको उपचारका लागि यस्तो सेवा विस्तार गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक शंकर पोखरेलका अध्यक्षतामा बिहीबार बुटवलमा बसेको बैठकले कोरोना संक्रमणका बिरामीको उपचारका लागि हालको भौतिक र स्वास्थ्य पूर्वाधारको क्षमताले…

Woman from Kapilvastu succumbs to COVID-19 in Butwal

Swasthyasamachar/  Another woman died while undergoing treatment at the COVID Special Hospital in Butwal on Thursday. Dr. Bishnu Gautam, Information Officer at the hospital, said that a 70-year-old woman from Bangai of Kapilvastu who was on ventilator life support succumbed to the pandemic this evening. According to Dr. Gautam, 22 people have died at the hospital so far. Earlier today, two patients had died from the corona virus in the course of treatment at the hospital. One among the deceased is from Nawalparasi West and the other from Kapilvastu said…