पुर्वमन्त्री शुक्लाद्धारा कोटहिमाई गाउँपालिका लाई स्वास्थ्यसमाग्री प्रदान

स्वास्थ्यसमाचार/  कोटहिमाई गाउँपालिकालाई पुर्वमन्त्री सर्बेन्द्र नाथ शुक्लाले स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।

गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि शुक्लाले गाउँपालिका का अध्यक्ष चन्द्रभुषण यादवलाई पिपिई सेट १६ थान,फेस साइल्ड ३० थान,आई प्रोटेक्सन ग्लासेस १६ थान,सेनेटाइजर १२ बोटल,एन नाइन्टीफाइप मास्क ४० थान,थ्रिलियर मास्क २ सय थान,सर्जिकल ग्लब्स ५० थान र डिस्पोजल ग्लब्स लगायतका स्वास्थ्य सामाग्री हस्तान्तण गरे ।

सोही अवसरमा बोल्दै पुर्वमन्त्री समेत रहेका शुक्लाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । उनले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई राहत स्वरुप सो सामाग्री प्रदान गरेको वताए ।

जोखिम बहन गर्दै कोरोना संक्रमितहरुलाई सुरक्षति रुपमा उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई तिन तहको सरकारबाट कुनै सुरक्षा ब्यवस्था उपलब्ध नगराएको आरोप लगाउँदै सरकारको कमजोर ब्यवस्थापनले कोरोनाको संक्रमति बढेको दावि शुक्लाले गरे।

जसपाका बरिष्ठ नेता रहेका शुक्लाले अन्य स्थानीय तह र सुरक्षाकर्मीहरुलाई समेत सामाग्री प्रदान गर्ने वताए ।गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादबले कोरोना महामारीमा रोकथाम र उपचारमा उक्त स्वास्थ्य सामाग्रीले केहि भएपनि राहत हुने बताए । अध्यक्ष यादबले कोरोना महामारीमा एकल प्रयासले नहुने भन्दै सबैको सहयोग आबश्यक रहेको बताए । उनले पुर्वमन्त्री शुक्लालाई गाउपालिको तर्फबाट बिषेश धन्याद दिए ।

हस्तान्तणमा गाउँपालिका उपाध्यक्ष भानमति यादब कार्यकारी प्रमुख रिऋीराम अर्जेल स्वास्थ्य कर्मि लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको बताईएको छ ।

सम्बन्धित शिर्षक :