बिहिबार देखि बेपत्ता सिनियर अहेब नेपाल मृत्य अबस्थामा फेला

स्वास्थ्यसमाचार/ बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा (११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ राठौरले बताए ।

नेपाल बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । नेपालको श्रीमती र एक छोरा रहेका छन् ।उनका दाजु छबि नेपाल पनि उपचारको क्रममा हिजो काठमान्डौमा मृत्यु भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :