देवदहको क्वारेन्टिनमा २५ वर्षिय युवाद्धारा आत्महत्या

स्वास्थ्यसमाचार/ रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेनिमा सोही वडाका २५ वर्षिय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् । ईलाका प्रहरी कार्यलय बुटबलका अनुसार भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ । पांच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । ‘आज वा भोलि रिपोर्ट आइपुग्ने कुरा…

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ। बुटवल ११ की ७२ वर्षकी महिलाको आज सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।उनका अनुसार १० भदौमा अस्पतालमा भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

बुटवल उपमहानगर द्धारा सबै दीर्घरोगीको निःशुल्क पीसीआर

स्वास्थ्यसमाचार/ बुटवल उप–महानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामीहरुको सोमबारदेखि कोरोना संक्रमण पिसिआर परिक्षण निःशुल्क गर्ने भएको छ । नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गाैलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरुको निःशुल्क पीसीआर परीक्षण गर्ने निर्णय गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उप–महानगरपालिकाले यस खालको सुविधा बुटवल उप–महानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरुलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले जानकारी दिए । यो सुविधा लिने सेवाग्राहीले आफू बसोबास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित…

बुटबलको कोरोना अस्पतालमा कपिलबस्तुकी महिलाको मृत्यु

स्वास्थ्यसमाचार/  बुटबलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको वताए । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको डायलासिस भइरहेको डा गौतमले बताए ।

Now, PCR test will cost only Rs 2,000

Swasthyasamachar/ The government has reduced the price for the Polymerase Chain Reaction (PCR) test amid increasing number of coronavirus cases in the country. Speaking at a regular press briefing, Dr Jageshwor Gautam, Spokesperson at Ministry at Health and Population informed that the test will be conducted with the maximum price of Rs 2,000 in all government and private laboratories. Earlier, the price of the test was Rs 4,400.

सरकारी तथा निजी प्रयोगशाला पिसिआर परीक्षण शुल्क २ हजार

स्वास्थ्यसमाचार /सरकारले सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको वताए । देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ। कन्ट्याक्ट…

लुम्बिनी प्रादेशिक अस्पतालले २५ सयमै कोरोना पीसीआर गर्ने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण २५ सयमा गर्ने भएको छ । यसरी परीक्षण गरिएकाको रिपोर्ट सोही दिन दिइनेछ ।परीक्षण क्षमता वढाएर दैनिक ४र५ शयको परीक्षण गर्न सकिने छ । विरामी, उच्च जोखिममा परेकाहरूको हकमा निशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ । यसवाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक वमोजिम हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । यस अघि पहिलो पटक रु ५५ सयमा परीक्षणभएको थियो भने पछिल्लो समय रु ४४ सय रहेकोछ । २५…

तिलोत्तमामा स्वास्थ्य संस्था भवन उद्घाटन र शिलन्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शुक्रबार एउटा सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र अर्को स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको छ । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवन शिलन्यास गरिएको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको छ । हालसम्म तिलोत्तमाका दश वटा वडामा सरकारी…

नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

स्वास्थ्यसमाचार/ बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत नवलपरासी पश्चिमका सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ । अस्तालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले वताए । कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखछ । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले सबै कर्मचारीको कोरोना विमा गरिदिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आफना सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने भएको छ ।आज एक सुचना प्रकाशित गरि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बिमा गरिदिने अस्पतालले जनाएको छ । अस्पतालले ३ दिन भित्र आफना कर्मचारीको सबै बिबरण मागेको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोना महामारी रुपलिन थालेपछि अस्पताललका सबै चिकित्सक स्वास्थ्यकर्मि अस्थायी ज्यालादारी सबैको बिमा गरिदिने निर्णय गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म चिकित्सक नर्स तथा अन्य कर्मचारी गरि ३२ जनामा कोरोना संक्रमण देखीएको अस्पतालले जनाएको छ ।