लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुन आएकी गुल्मी मदाने ३की महिलाको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित…

१८ दिनमा कोरोना जितेका तिलोत्तमा नगरप्रमुख भन्दछन आयुर्वेद र हौसलाले कोरोना जिते

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले १८ दिनका दिन कोरोना जितेको बताएका छन। कोरोना मुक्त भएपछि नगरप्रमुख घिमिरेले सबैलाई धन्यवाद दिदै आफुकोरोना संक्रमण हुदा आफनो अनुभब आफुले प्रयोग गरेको औषधी र कोरोना के हो आफुले कसरी जितेको यसरी आफनो अनुभब प्रस्तुत गरेका छन ।उनको अनुभबहामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौ सम्पादक :- आदरणीय शुभेच्छुक तथा नगरबासी महानुभावहरु नगर प्रमुखको रुपमा कोरोना महामारी सुरुभएदेखि नैं नगरबासीको काममा निरन्तर खटिँदै आएको थिएँ । नगरबासीलाई कोरोना महामारीबाट बचाउन गत चैतबाटैं क्वारेन्टाइन सञ्चालन, भारतबाट आएर सीमामा अलपत्रहरुको उद्धार, आइसोलेशन सञ्चालन, लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण,…

थाहा नपाई कोरोना संक्रमण भएर पनि निको भएको हुनसक्ने यी संकेत

स्वास्थ्यसमाचार/ संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का संक्रमण भएको रिपोर्ट गरिरहेका छन् ।विशेषज्ञका अनुसार केहीको लागि कोभिडको संक्रमण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो संक्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ । यसले धेरै व्यक्ति संक्रमण भएको थाहा नपाई नै संक्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको संक्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य समस्या नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र संक्रमण हुने सम्भावना हुन्छ । कोभिड संक्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भए…

कोरोना पोजेटिभ हुदापनि आइसोलेसन वाट योग गराउदै योगीराज

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालय बुटबल अन्र्तगत रहेको लुम्विनी आयुर्वेदिक औषाद्यालयका विष्णुहरि आचार्य (योगिराज) आफु कोरोना संक्रमित हुदा पनि आइसोलेसन वाट योग गराउदै कोरोना संक्रमितको उच्च मनोबल बढाएका छन। कोरोना महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षा दिन सुरु गरेका थिए । स्वस्थ्यकर्मीहरु समेत जान आनाकानी गर्ने ठाउहरुमा पुग्ने र आफूले जानेको योगशिक्षा दिदै डर त्रासमा क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनको भुमिका उल्लेखनिय रहेको छ। विष्णुहरि आचार्य (योगिराज)ले क्वारेन्टाइन हरुको अतिरिक्त कोरोना संक्रमितहरु राखिएकै आइसोलेसन केन्द्रमासमेत योग…

तिलोत्तमा नगरपालिकाले गरिदियो कोरोना संक्रमितको शव व्यवस्थापन

स्वास्थ्यसमाचार/ कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७…

बुटबलको कोरोना बिषेश अस्पतालमा २ संक्रमित पुरुष को मृत्यु

स्वास्थ्यसमाचार/  बुटबलको कोरोना बिषेश अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  बुटबल १७ मोतीपुरका का ८१ बर्षका पुरुष र बुटबल ११ का ४७ बर्षका अर्काे पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको र कार्तिक ५ गते विहान मृत्यु भएको छ । उनलाई सुगर प्रेशरका बिरामी रहेको थिए भने अर्काे बुटबल ११ का ४७ बर्षीय पुरुष असोज २४ गते भर्ना भएका र उपचारका लागी भेन्टीलेटरमा राखिएउपचार गरिएको र उनी पनि प्रेशरवढी का बिरामी थिए उनको कार्तिक ५…

कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापन देखि निःशुल्क पिसिआर सम्म

स्वास्थ्यसमाचार  /रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नैं लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो । शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ । तिलोत्तमामा मंगलबारसम्म…

लुम्विनी प्रदेशका ४ कोरोना अस्पतालमा विरामीको निशुल्क उपचार: मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको वताएका छन। उनले आज आफनो सामाजीक संञ्जाल यस्तो लेखेका छन । संघिय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना परिक्षण संक्रमण उपचार खर्च आफै बेहोर्ने भनेपछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले यस्तो उल्लेख गरेका छन।उनको यस्तो प्रतिकृयापछि स्थानियले संघले यो सुझाब गहण गर्नुपर्ने बताएका छन । प्रदेश सरकारको यो निणर्य स्वागत योग्ग रहेको हरि ज्ञाबलीले बताए । लुम्बिनी प्रदेशमा अहिले कोरोना अस्पताल चारबटा रहेका छन भने बिरामीको चाप को कारण आईसियु…

तिनाउ हस्पिटल स्थानापनको एक वर्ष पुरा : उपचार सेवामा बिशेष छुट

स्वास्थ्यसमाचार/ न्यूरो तथा ट्रमालाई मुख्य प्राथमिकता दिएर सञ्चालन गरिएको बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.ली.ले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा बिरामीको उपचारमा बिशेष छुट योजना अंगाडी बढाएको छ । हाडजोर्नी तथा ट्रमा, नशा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री तथा प्रसुती, जनरल तथा यूरो सर्जरी, नाक, कान, घाँटी, म्याक्सीयोफेसियल सर्जरी, बालरोग तथा फिजियोथेरापी लगायतका उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले बिरामीको उपचारमा एक महिने बिशेष छुट योजना अंगाडी बढाएको हो । गत वर्ष कात्तिक १ गते औपचारिक रुपमा स्थापना गरिएको उक्त अस्पतालले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा यो…

उच्च रक्तचापका बिरामीलाई कोरोनाको उच्च जोखिम हुने

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ। उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले भएकाले सावधानी अपनाउन आग्रह गरेको हो। विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताए। नियमित जाँच गराउँदा रक्तचापले निम्त्याउने जटिलताबाट बच्न सकिने उनले बताए। उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको भन्दै श्रेष्ठले भने, ‘अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको छ। त्यसैले नियमित जाँच गराए यसले निम्त्याउने जटिलताबाट बच्न सकिन्छ।’…