स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९ /०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ स्वास्थ्य उपचार औषधिको गुणस्तरमा भर पर्छ । विभागले गुणस्तर कामय राख्न परिक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनु पर्छ । ’ सिमित जनशक्ति र श्रोतको…
अस्पताल
बुटबलमा सीएमसी परियोजना विषयमा सरोकारवाला संग छलफल
स्वास्थ्यसमाचार/रुपन्देहीमा एचआईभीको क्षेत्रमा समुदायको नेतृत्वमा आधारित अनुगमन सीएमसी परियोजना अन्र्तगत संकलित तथ्यांकको विषयमा सरोकारवालाहरु विचमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । युएन एड्सको सहयोगमा एनएपीप्लसएनको आयोजानमा रुपन्देहीमा परियोजना लागू भएको हो । जसले एचाईभी भएका व्याक्तिहरुको लागि नेतृत्व विकास, क्षमता विकास, आय आर्जनको लागि काम गर्दै आएको छ । परियोजानका संयोजक अर्जुन ज्ञवालीका अनुसार जिल्लामा कुल १७ सय भन्दा बढि एचआईभी संक्रमित हरु रहेकोमा उनीहरुको लागि परियोजनाले काम गर्दै आएको हो । छलफलत तथा तथ्यांक प्रस्तुती कार्यक्रममा स्वाथ्य कार्यालय रुपन्देहीका एचआईभी फोकल पर्सन हिमाल खनालले सबैको सहकार्यबाट एचआईभीका संक्रमण…
विशेषज्ञ सेवा विस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटबल
स्वास्थ्यसमाचार/खानपान, रहनसहन र जलवायु परिवर्तनका कारणले जनस्वास्थ्यमा धेरै प्रकारका घातक स्वास्थ्य समस्या देखिने गरेका छन् ।नसर्ने रोगको भयावह अवस्था छ । तर, उपचारका लागि सहज, सुलभ, प्रभावकारी रस्तरीय सेवा छैन ।उपलव्ध भएको पनि पालो कुर्दा उस्तै परे ज्यान जाने, भएभरको सम्पत्ती सकिने र विरामीको ज्यान पनि सकिने दर्दनाक बेथा धेरैले भोग्नुपरेको छ बुटवलमा रहेको मुलुककै पुरानो मध्येको विशेषज्ञ सेवा सहितको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५०० को हाराहारीमा विरामीहरु आउँछन् ।यीमध्ये पछिल्ला समयमा अधिकांशमा नसर्ने प्रकारका जटिल रोग समेत देखिने गरेका छन् ।मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या…
डाक्टर कुट्नेलाई कारबाही गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।…
गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई सास्ती
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ । दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् । कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू…
लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार…
भेरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु
स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने अभियानको शुभारम्भ गर्दै पाठेघरको मुखको क्यान्सर अहिले महिलाको सबैभन्दा ठुलो समस्या बनेर देखिन थालेको जनाउँदै यो अभियानबाट धेरै किशोरीहरू सुरक्षित हुने बताउनुभयो । भेरी अस्पतालका प्रमुख डा. पवन जंग रायमाझीले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने…
पाल्पामा स्वास्थ्यको वार्षिक समीक्षा :उत्कृष्ट तीन स्वास्थ्य संस्था पुरस्कृत
स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यलय पाल्पाको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा खोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रानाले कुनै पनि वादको पछि नलागेर राजनीतिक रंगलाई एकातर्फ राखेर जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्न सुझाव दिए । समीक्षामा खोल्दै कार्यालय प्रमुख डा गिरीले पाल्पा जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनेको र आगामी दिनमा अझ सुधार भएको देख्न पाइने बताए ।उनले स्वास्थ्य सेवा सुधारका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसूति गृह सञ्चालन र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । तानसेनमा वार्षिक समीक्षा गोष्ठीमा कार्यप्रगति प्रस्तुत गरेका गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा…
नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय
स्वास्थ्यसमाचार/हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए ।…
‘अचेत अवस्थामा भेटिएका नेम्वाङलाई अस्पताल पुर्याउँदा नै ढिलो भइसकेको थियो’ – चिकित्सक
स्वास्थ्यसमाचार/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङलाई मंगलबार बिहान १.५० बजे अस्पताल पुर्याइएको थियो। परिवारका सदस्य र सहयोगीले उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका थिए। नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर ९कार्डियोपल्मोनरी रिससिटेसन० गरिएको थियो। ‘१स्५० बजेतिर अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा जीवित रहेको कुनै साइन नै नभए पनि हामीले मुटुको चाल फर्कन्छ कि भनेर सीपीआर गरेका थियौं। नभएपछि कन्फर्म डेथ डिक्लेयर गरेका…