पाल्पामा डेंगु नियन्त्रण सम्बन्धि जनप्रतिनिधि संग अन्तरक्रिया

स्वास्थ्यसमाचार/पाल्पा जिल्लामा डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीसंग अन्तरक्रिया सुरु भएको छ सुरु भएको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, अपनाउनुपर्ने साबधानीलगाएतका विषयमा सहजिकरण गर्नुभएको छ ।

कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाको सहजिकरणमा सञ्चालन भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरिले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रणमा आउन सक्ने बताउनुभयो ।

कार्यक्रममा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज लगाएत अन्य संस्थाका प्रतिनिधीहरुले डेंगी रोग नियन्त्रणका उपायका बारेमा सुझाव दिएका छन । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले गाउँगाउँमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य कार्यालय पाल्पाका कर्मचारी, पत्रकारलगाएतको सहभागिता रहेको छ ।

 

सम्बन्धित शिर्षक :