कपिलवस्तुको बाणगंगा ९मा सर्पले डस्दा दिदी बहिनीको मृत्यु

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

मंगलवार राति अन्दाजी १२ बजे सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुगाएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा सर्प दंशको लक्षण देखिएको स्थानीय नवराज बेल्वासेले बताए । त्यसपछि दिदीबहिनीलाई उपचारका लागि बुटवल लगिएको थियो । रीतिकाको बुधवार बिहान मृत्यु भएको थियो भने इशिकाको बुधवार साँझ ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा नेत्रबहादुर रानाले बताए ।

सम्बन्धित शिर्षक :