आम्दा अस्पतालमा ११ लाख लागतमा निर्मित पिउने पानी टंकीको उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुनःनिर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेको खानेपानी टंकी बिहिबार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले उद्घान गर्नुभएको हो ।

खानेपानी टंकीको उद्घाटन गर्दै पूर्वअध्यक्ष वझाले अस्पतालको मुल गेट नजिक रहेको खानेपानीले धेरैलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले आम्दा अस्पतालमा बुटवल उद्योग बाणिज्य संघको ठूलो योगदान रहेको बताउँदै अस्पतालको विकास र संरक्षणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले आम्दा अस्पतालको विकासमा संघले काम गरिरहेको भन्दै कोभिड कालमा निर्माण गरिएको भेन्टिलेटर सहितको कोभिड आईसीयु वार्डका कारण धेरैको जीवन रक्षा गरेको बताउनु भयो । आम्दा अस्पतालमा कोरोना महामारीको समयमा संघले भेन्टिलेटर सहितको आईसीयु कोभिड वार्ड निर्माण गरिदिएको थियो ।

२०६३ सालमा निर्माण गरिएको खानेपानी टंकी जिर्ण भएपछि आस्पतालको आवश्यकताको आधारमा संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेका हुन् । लायन्स क्लब अब बुटवलका अध्यक्ष शरदमान श्रेष्ठले खानेपानी आधारभूत आवश्यकता भएकाले त्यसबेला लायन्स र लायनेसको तर्फबाट अस्पतालमा टंकी निर्माण बताउनुभयो ।

लायनेश क्लब अफ बुटवलकी अध्यक्ष बेगम श्रेष्ठले खानेपानी टंकी निर्माणमा उद्योग बाणिज्य संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।आम्दा अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र बस्यालले टंकी निर्माणपछि अस्पतालका सेवाग्राहीले मात्र नभई टोलबासीले पनि अब शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउनुभयो ।

उहाँले बुटवल उद्योग बाणिज्य संघबाट निरन्तर रुपमा आम्दालाई योगदान भइरहेको उल्लेख गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेसप्रसाद श्रेष्ठले आम्दा र संघबीचको सहकार्य निरन्तर रहने बताउनुभयो ।

चार हजार लिटर क्षमताको टंकीबाट पानी फिल्टर भएर एक हजार लिटरको टंकीमा जाने ४ वटा धारा मार्फत शुद्ध खानपानी वितरण हुने संघका महासचिव विमलराज भटराइले जानकारी दिनुभयो । टंकी पुनःनिर्माण समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य बसन्त ढकालले १५ दिनको छोटो समयमै टंकीलाई नयाँ स्वरुप दिइएको जानकारी गराउनु भयो ।

सम्बन्धित शिर्षक :