तिलोत्तमाका स्वास्थ्यकर्मीले छ महिनादेखि पाएनन् तलबभत्ता

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले छ महिनायता तलबभत्ता पाएका छैनन् । मंसिरको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु गरेका छन। स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए । तत्कालीन स्वास्थ्यमन्त्री…

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्रको हातेमालो गर्न तयार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधहरु संगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजुले विगतका दिनहरुमा पनि बुटवल उद्योग बाणिज्य संघले प्रशुती गृह निर्माण सहितका विभिन्न भौतिक पुर्वाधार निर्माणमा काम गरेको भन्दै आगामी दिनमा भौतिक, नैतिक सहकार्यका लागि बुटवल उद्योग बाणिज्य…

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए ।  त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।  

एचआइभी चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धि प्रदेश स्तरिय गोष्ठी सम्पन्न

एचआईभीस्वास्थ्यसमाचार/लक्षित  समूहद्वारा अनुभव गरिएका चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धित प्रमाणमा आधारित वकालत विषयक प्रदेश स्तरिय कार्यगोष्ठी सम्पन्न भएको छ। आशा ज्योति सेवा समुहको आयोजना सेभ द चिल्ड्रेन,ग्लोबल फन्ड को आर्थिक सहयोग तथा एनपीएन लुम्बिनीको समन्यनमा कार्यक्रम भएको हो। उक्त प्रदेश स्तरिय कार्यगोष्ठीमा बोल्दै एनपीएन लुम्बिनीका प्रदेश संयोजक अर्जुन ज्ञाबलीले कार्यक्रमको बारे जानकारी गराउदै लुम्बिनी प्रदेशले स्वास्थ्य निति बनाउदा समेत एचआई नसमेटेको बताउनु भयो। उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा एआरटी सेन्टर र सवगृह एकै ठाउँमा भएकोले अनेत्र ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो। संस्थाले संक्रमितिको उपचार तथा अन्य शिक्षा पोषणमा पनि यस…

लुम्बिनी प्रादेशिक अस्पतालको विकास हातेमालो गर्न आवश्यक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सर्वशुलभ र गुणस्तरिय सेवा प्रवाह तथा विकास   सन्दर्भमा  छलफल तथा अन्तरक्रिया गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न दलका नेता तथा सरोकारवाला व्याक्तिहरुले यस क्षेत्रको गहनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसार विकास हुनुपर्ने कुरामा जोड दिएका थिए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बोल्दै अस्पतालको अविलम्ब गुरुयोजना अनुसारको भवन निर्माण अगाडी बढाउनुपर्ने वताउनु भयो। यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले अस्पताल सबैको साझा सम्पत्ती भएको कारण यसको श्रीवृद्धिमा सबै जना…

भीम अस्पतालमा सिटी स्क्यान सेवा भएपछि बिरामीहरुलाई राहत

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ भएपछि बिरामीहरुलाई सहज र राहत भएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको थियो ।सेवा शुभारम्भ भएपछि हालसम्म २७ जना बढी बिरामीले सेवा लिएको भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सकन्तुला गुप्ताले बताइन् । अस्पतालको सेवा विस्तारका क्रममा सिटी स्क्यान मेशिन थपिएपछि सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको बताइन् ।लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री सन्तोष कुमार पाण्डेयको पहल र अग्रसरतामा अस्पतालमा सिटी स्क्यान मेशिन राखिएको डा. गुप्ताले बताइन् । ‘माननीय सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार…

अन्तराष्ट्रिय नर्सिङ दिवस:नर्सिङ पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ। अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् । नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको…

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थी द्धारा पदबहाली

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा डाक्टर जनार्दन पन्थी स्वास्थ्यमन्त्रालय देउखुरीमा गएर गएर पदभार ग्रहण गरेका छन् । संघीय संघिय सरकारको बैशाख २० गते बसेकोे मन्त्री स्तरीय निर्णय वाट लुम्बिनी प्रदेशको स्वास्थ्य सचिबमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यभार सम्हाल्दै सचिव पन्थीले विपतको व्यवस्थापनमा प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थालाई समयमै सजक अवस्थामा राख्ने निर्णय गरेका छन् । यसअघि स्वास्थ्य सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा गएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । चैत्र २० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको…

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते ४ जनाको उपचारको क्रममा मृत्यु

स्वास्थ्यसमाचार /अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा…

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी

स्वास्थ्यसमाचार/ सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा डा जनार्दन पन्थी लाई सरुवा गरेको गरेको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो। डा बिकास देबकोटाको १२ तहमा बढुवा भएपछि खाली रहेको लुम्बिनीको स्वास्थ्य सचिबमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीलाई सचिबको जिम्मेबारी दिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव सहित ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले…