स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवामा क्यान्सर अस्पताल बन्ने भएको छ । बि सं २०८३ साल बैशाख देखि संचालनमा ल्याउने गरि भैरहवामा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण हुने भएको हो । करिव १ सय ५० करोडको लागतमा २.५ बिगाहा क्षेत्रफलमा यो अस्पताल निर्माण हुनेछ । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका (युएसए) नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक बिशेषज्ञ डा सागर पोखरेल, युरोपमा कार्यरत युवा ब्यवसायी हरी खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा बिगत १० बर्ष देखि सिद्धार्थनगर सिटी अस्पताल संचालन गरिरहेका अर्जुन पौडेलको सहयोगमा उक्त अस्पताल निर्माण…
अस्पताल
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनका लागि पुनः बोलपत्र
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा बिलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरतकासाथ लिनु पर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले…
लुम्बिनी प्रदेशका सबै अस्पतालमा शुल्क सहितको नागरिक बडापत्र
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतालाई तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिक मैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको छ । प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहापाउनेगरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतालहरुले…
स्वास्थ्य मन्त्रालय लुम्बिनीले १३ पालिकामा रोमिङ नर्स परिचालन गर्ने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य, पोषण सुधार, बाल विवाह न्यूनीकरणको लागि विद्यालय विद्यालयमा गएर अध्ययनरत विद्यार्थीहरुलाई पोषण सुधार, मनो सामाजिक विमर्श, प्रजनन स्वास्थ्य तथा बाल विवाह न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्न रोमिङ नर्सको नियुक्ति गर्ने भएको छ । लुम्बिनी प्रदेशमा आत्महत्या र बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको नियुक्ति र परिचालन गर्न लागिएको । हाल १३ वटा गांउ पालिकाबाट सुरुआत गरेर आगामी वर्ष लुम्बिनी प्रदेशका १०९ पालीकामै नर्सहरुको नियुक्ति र परिचालन गर्ने कार्यक्रम रहेको…
लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई क्षमता अभिवृद्धि तालिम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई बालरोग सम्बन्धी क्षमता अभिवृद्धि गर्नको लागि अभिमुखीकरण तालिम सुरु गरिएको छ। स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजनामा ३ दिने क्षमता अभिबृद्धि सम्बन्धित अभिमुखीकरण तालिम आयोजना गरिएको हो। रुपन्देही ,गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, दाङ, बर्दिया लगायतका १२ जिल्लाका आयुर्वेद चिकित्सकहरुको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको हो उदघाटन समारोहमा बोल्दै स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन कुबरले आयुर्वेदिक चिकित्सकलाई बालरोगसम्बन्धी थप ज्ञान र क्षमतामा वृद्धि गराउने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । उहाले एलोप्याथीक मात्र नभई अहिले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको महत्वपुर्ण भुमिका रहेकोले…
गौतमबुद्ध मुटु अस्पतालमा पदस्थापन तथा जिम्मेवारी बाडफांड
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितीका अध्यक्ष एवं सदस्यहरुको पदस्थापन गरिएको छ ।यहि पुष १० गते सम्पन्न अधिवेशनबाट एजाज आलमको अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको नया नेतृत्व चयन भएको थियो। संस्थाको निर्वाचन समितीका अनुसार आगामी कार्यकालका लागि सम्मानित सदस्यहरुको तर्फबाट तिल प्रसाद भटराई र होमराज बस्याल, बिशिष्ठ सदस्यहरुको तर्फबाट बावुराम बोहोरा र राजेन्द्र सिंह गुरुङ,संस्थागत सदस्यहरुको तर्फबाट उपेन्द्र कुमार अग्रवाल, र खुल्ला सदस्यहरुमा दिनेशराज रेग्मी, हिरामणी भटराई, शिव कुमार पाठक, खिमनारायण पराजुली, बोनिन पिया र रुद्र बहादुर हमाल भटराई निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी संस्थाको खुल्ला महिला सदस्यमा…
भैरहवामा साढे एक अर्ब लागतमा अत्याधुनिक क्यान्सर अस्पताल बन्ने
स्वास्थ्यसमाचार/साढे एक अर्ब लागतमा भैरहवामा अत्याधुतिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ । बैशाख ०८३ सञ्चालनमा ल्याउने गरी दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्न लागेको अस्पतालका सञ्चालक अर्जुन पौडेलले जानकारी दिए । आफ्नो देश फर्की केही गरौं भन्ने भावनाका साथ संयुक्त राज्य अमेरिका ९युएसए० नर्थ क्यारोलिनामा कार्यरत क्यान्सर प्राविधिक विशेषज्ञ डा। सागर पोखरेल, युरोपमा कार्यरत युवा व्यवसायी हरि खत्री, बेलायतमा रहेका गोकर्ण खड्का र रुपन्देहीमा १० वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल सञ्चालन गरिरहेका अर्जुन पौडेललगायतको टिमले क्यान्सर अस्पताल निर्माण गर्न लागेका हुन्…
सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी कर्मचारी
स्वास्थ्यसमाचार/दाङको घोराहीमा सञ्चालनमा आउन लागेको नयाँ अस्पताल सञ्जीवनी अस्पतालले विभिन्न पदमा जनशक्ति माग गरेको छ।अस्पतालले जनशक्ति आवश्यकताको सूचना निकाल्दै इच्छुकलाई आवेदन दिन भनेको छ। सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ। अस्पतालका लागि चार सय नर्ससहित विभिन्न पदमा ८२१ जना जनशक्तिको माग गरिएको छ। सबैभन्दा धेरै नर्सकै माग गरिएको अस्पतालले निकालेको सूचनामा उल्लेख छ। अस्पतालका लागि दाङको घोराही उपमहानगरपालिकाको गोगली भन्ने स्थानमा अहिले भवन निर्माणको काम अगाडि बढीरहेको छ। भवन…
अस्पतालको पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं: मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्ष संग छलफल गर्नु भएको छ । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिनु भएको हो । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन, आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा…
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटर बाट सेवा शुभारम्भ
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिस्तारीत अस्पताल सेवा अन्तरगत प्रसूति सेवाका लागि स्थापना गरिएको अपरेशन थिएटरबाट सेवा शुभारम्भ भएको छ । आइतबार अपरेशन कक्षको विधिवत पूजागरी शल्यक्रिया कक्षबाट सेवा शुभारम्भ गरिएको हो । अस्पतालमा प्रसुतीले सेवाका लागि छुट्टै शल्यक्रिया कक्षबाट सेवा शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले प्रदेशमा मातृ–मृत्यु दरलाई घटाउनका लागि बिस्तारीत अस्पताल सेवालाई प्राथमिकता दिइएको जानकारी दिए । प्रसुती सेवाका लागि छुट्टै उपचार तथा शल्यक्रिया सेवाको व्यवस्थाका लागि स्वास्थय मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई रोजेको उल्लेख गरे । अस्पतालमा सेवा बिस्तारका लागि ५० लाख…