सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

स्वास्थ्यसमाचार/सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । चिकित्सकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षक :