दरबन्दी थप्ने उपकरण भने चलेपछि मात्र बजेट : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/संघिय स्वास्थ्यमन्त्री र प्रदेश स्वास्थ्यमन्त्रीले बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणपछि गर्नु भएको छ।

संघिय स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले निरीक्षणपछि अस्पतालमा छलफल गरि जनशक्ति, भवन, उपकरण सबैको वारेमा जानकारी लिनु भएको छ।

स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको बताउदै आबश्यक सहयोगको लागी सरकार तयार रहेको बताउनु भयो। हाले क्यान्सर अस्पतालको अस्थायी दरवन्दी स्वीकृत क्याबिनेटमा गएको जानकारी दिँदै उहाँले आजै निर्णय हुने पनि बताउनुभयो ।

स्थानीयले मुठि दान गरेर क्यान्सर अस्पताल स्थापना गरेको भन्दै उहाँले यो अस्पताल यहाँका नागरिकको लागि सम्पति भएको बताउनुभयो । ‘यो सम्पती यतिकै हो, यहाँका नागरिकले नै राम्रो गराउने हो उहाँले भन्नुभयो–‘हामी त देशभरका अस्पताल हेर्ने हो ।’ दुर्गमका नागरिकले पनि अहिले डाक्टर देख्न पाएको उहाँको भनाइ छ ।

उहाँले अस्पतालमा आएका उपकरणहरु जडान गरेर चलेपछि मात्रै रकम दिइने पनि उहाँले बताउनुभयो । अस्पतालका केही उपकरण खरिदमा देखिएको अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझाइ सकेकाले त्यसको अध्ययन भइरहेको पनि उहाँको भनाइ छ ।

यस्तै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले जनशक्ति, उपकरण र भवनको समस्याकै स्वास्थ्य क्षेत्रको समस्या भएको बताउनुभयो । प्रदेश सरकारले अहिले यसैमा काम गरिरहेको पनि उहाँको भनाइ छ ।

भएका स्रोत साधन परिचालन गरेर तीनै तहका स्वास्थ्य सेवा सुदृढ गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो । सिकल सेलको उपचार सेन्टर लुम्बिनी गराउने गरि काम भैरहेको पनि मन्त्री खनालले बताउनुभयो ।अस्पतालका अनुसार क्यान्सर अस्पतालमा अहिलेसम्म एक जना पनि दरवन्दी छैन । सबै स्वास्थ्यकर्मी काजमा रहेको बताईएको छ।

 

सम्बन्धित शिर्षक :