कपिलवस्तुको बाणगंगामा कपिलधाम प्राकृतिक चिकित्सालय सञ्चालन

पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी द्धारा उद्घाटन

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

अस्पतालको उदघाटन गर्दै सांसद पन्थीले प्राकृतिक चिकित्सालयबाट धेरै नागरिकले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनुपर्ने बताउदै स्वस्थ जीवनयापनमा चिकित्सालयले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

आमनागरिकले स्वस्थ रहन आहार बिहार, रहन–सहनमा ध्यान दिनुपर्ने बताउँदै नागरिक भनेका राज्यका सम्पत्ति भएकाले लगानी गर्नुपर्ने पन्थीले बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले शाख्य दर्शनका प्रवर्तक कपिलमुनि ऋषिले पवित्र पर्यटकीयस्थल कपिल आरोग्य मन्दिर, कपिलधाममा तपस्या गरेका र यही स्थानमा प्राकृतिक चिकित्सा अस्पताल हुनु राम्रो भएको उल्लेख गर्नुभयो ।

उहाँले प्राकृतिक चिकित्सालय सञ्चालनका लागि नगरबाट कार्यविधि बनाइ स्वीकृती दिइएको र नगर तथा प्रदेशको समेत लगानी रहेको बताउनुभयो ।

१६ लाखको लागतमा निर्माण भएको प्राकृतिक चिकित्सा अस्पताल आठ शैयाको हुने सञ्चालक समितिले जानकारी दिएको छ । लुम्बिनी प्रदेश सरकारबाट भवन निर्माण प्रयोजनका लागि थप १० लाख रकम विनियोजन भएको छ ।

सम्बन्धित शिर्षक :