एन्टी रेबिज भ्याक्सिन तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा लगाईने

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेबिज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा ६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट उक्त सेवा सुरु भएको हो । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेबिजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिन ब्याग स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि चेतना कम हुँदा समस्या देखिएको बताए । उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए । अन्य क्षेत्रको भन्दा तिलोत्तमाका नगरबासीको औसत आयु बढी रहेको भन्दै खाणले…

७२ दिनमा ४२ काम गरेर बिदा भए लुम्बिनीका स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ बिष्णु पन्थीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ७२ दिन भएको छ। यो अवधिमा उनले धेरै काम गरेका छन। उनी आलोचनामा भन्दा काममा बढी सक्रियताका साथ लागेका छन। कपिलबस्तुबाट निबाचित पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बनेको करिब ढाई महिना सम्म मन्त्री बन्ने अबसर पाएका थिए। उनले मन्त्रालय सम्मालेपछि कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरेका छन। त्यस्तै उनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नती लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी…

गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा वर्षौदेखिको खानेपानी समस्या समाधान भएको छ । शुक्रबार खानेपानीको मिटर धारा जडान गरेसँगै खानेपानीको समस्या समाधान भएको हो । अस्पतालको आफ्नै मुहनाको पानी एमाले पार्टी कार्यालयमा लगेपछि केही वर्षदेखि अस्पतालमा खानेपानीको अभाव भएको थियो । खानेपानी समस्या समाधानका लागि निवर्तमान अध्यक्ष भरत पाण्डेयले प्रकृया शुरु गरेका थिए । आफू आउनेवित्तिकै गरेपनि खानीगाउँ खानेपानी समितिको पान नम्बर नभएकोले जडान गर्न नसकिने तत्कालिन लेखापाल र मेसुले बताएको र पछि खानेपानीको जडान शुल्क चर्को भएका कारण ढिलाई भएको उनको भनाई छ । खानेपानी समितिले पान नम्बर लिएको तर जडान शुल्क ५०…

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

स्वास्थ्यसमाचार/भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन्।पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्। नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका…

स्वास्थ्य मन्त्रालय लुम्बिनीमा डाक्टर, नर्स, सहित ६९ जनालाई जागिरको अवसर

स्वास्थ्यसमाचार/ स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका (देउखुरी), ले बिभिन्न पदमा चिकित्सक तथा नर्स करारका लागि आवेदन माग गरेको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा, विभिन्न समुह/उपसमूहका सात आठ तह र नवौं तह विशेषज्ञ चिकित्सक को स्वीकृत दरबन्दीमा रहेका रिक्त तपसिलका पदमा लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट स्विकृत करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९“ बमोजिम अस्थायी करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्न हुन सबैको जानकारीका लागि…

सैनामैनामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण

स्वास्थ्यसमाचार / सैनामैना नगरपालिकामा सिकल सेल तथा थालसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सैनामैनाको वाँसगढी आधारभुत स्वास्थ्य चौकी सैनामैना नगरपालिका वडा नं १मा तथा बिद्यालयमा सिकल सेल तथा थालसेमिया रोग समन्धि जानकारी दिने उदेश्यले स्थानिय तथा बिद्याथीहरुलाई अभिमुखीकरण गरिएको हो। सैनामैना नगरपालिका वडा नं ८का वडा अध्यक्ष बुद्धिराम चौधरीकोे अध्यक्षता जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका मलेरिया निरिक्षक रत्नलाल शर्मा सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वरी प्रसाद न्यौपाने स्वास्थ्य शाखाका दिपक पान्डेय आधारभुत स्वास्थ्य केन्द्र बाँसगढीका प्रमुख बिन्दु अर्याल पत्रकार चन्द्रकान्त खनालको आतिथ्यतामा भएको कार्यक्रममा सिकलसेल…

ए.एच.एफ नेपालले सरकार सग थप ५ बर्ष सहकार्य गर्ने

स्वास्थ्यसमाचार/ एचआईभी संक्रमितहरुको सामाजमा पुर्नस्थापना, संक्रमण थप फैलिन नदिँन र एचआईभी लाग्न नदिनका पुर्व सचेतना लगायतका विविध विषयमा सबैजनाले साझा पहल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । स्वाथ्य निर्देशनालयको आयोजना तथा एड्स एल्थकेयर फाउन्डेसन नेपालको संमन्वय र सहयोगमा बुटवलमा भएको प्रादेशिक नयाँ पञ्चबर्षिय परियोजना शुभारम्भ बारे जानकारी दिन आयोजित सरोकारवालाहरुको बैठकमा सहभागीहरुले एचआईभीको संक्रमण शुन्यमा पु¥याउनको लागि सबै जनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले एचआईभी संक्रमितहरुको समाजमा पुर्नस्थापनाका लागि स्थानीय तहबाट गर्नुपर्ने सहयोग गर्नको लागि…

लुम्बिनी प्रादेशिक अस्पताललाई एक नम्बर बनाउंछु :अध्यक्ष श्रेष्ठ

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान श्रेष्ठले अस्पताललाई नेपालकै अग्रणी र एक नम्बर बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार अस्पतालमा आयोजित पद वहाली कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आफू बुटवलको छोरो भएकाले अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी बनाउन निस्वार्थ भावनाले काम गर्ने बताए । उनले आफूले उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवसंगै विज्ञहरुसंग राय सुझाव लिएर अस्पताललाई नमूना बनाउने गरी काम गर्ने बताए । ‘मलाई कुनै लाभ लिनु छैन, म प्रशासन चलाउन आएको पनि हैन’–अध्यक्ष श्रेष्ठले भने–‘म अस्पताल प्रशासनलाई सहयोग…

बिरामी जाँच, उपचार तथा सरसफाईमा अब्बल बन्दै गुल्मी अस्पताल

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो । जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ । इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको…

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिँदै

स्वास्थ्यसमाचार/ राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ। श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस्मा उपचार हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।