स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा बोनिन पिया निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको बुटवलमा सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा काजिमान श्रेष्ठ र नरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उमाशंकर मालपानी निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा जीवकान्त काफ्ले, अभिषेक भारी, झपटबहादुर गुरुङ, चन्द्रप्रसाद पौडेल, ध्रुवकुमार शर्मा र सञ्जय मुडवरी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचित समितिका संयोजक अभिवक्ता लोकप्रसाद खरेलले जानकारी गराउनु भयो । स्वास्थ्य सामान्य नागरिकको पहुँचभन्दा टाढा भयो…
अस्पताल
निजी मेडिकल कलेज सञ्चालकहरू २३ दिनदेखि माइतीघरमा धर्ना
स्वास्थ्यसमाचार/ निजी मेडिकल कलेज तथा शिक्षालय सञ्चालकहरू विगत २३ दिनदेखि माइतीघरमा छन् । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति मार्फत उनीहरू २३ दिनदेखि आन्दोलन गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका हुन् । दिनप्रतिदिन निजी मेडिकल कलेज तथा शिक्षालयहरू बन्द भइरहेको तर, सरकार मुखदर्शक बनिरहेको उनीहरूको आरोप छ । उनीहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐनलाई निरङ्कुश, स्वेच्छाचारीको संज्ञा दिएका छन् । उनीहरूले उक्त ऐनका कारण आफ्ना ७३ वटा नर्सिङ कलेज, ४५ वटा प्रिडिप्लोमा तहका कार्यक्रमहरू, १० वटा पिविएन र ८ वटा विएस्सी नर्सिङ कलेजहरू बन्द भएको आरोप लगाएका छन् । ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको…
लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियनका पदाधिकारीलाई स्वागत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई अस्पताल बिकास समितीले स्वागत गरेको छ । एक कार्यक्रमका बिच अस्पताल बिकास समितिका अध्यक्ष अजयमा श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष अजय श्रेष्ठले विकास समिती कर्मचारी समस्या समाधान गर्न आफु निरन्तर लागेको बताउनु भयो। उहाले अस्पताल बिरामीको चाप दैनीक बढदो भएकाले केहि समस्या भएको बताउनु भयो । उहाले प्रदेश सरकारले बजेट कर्मचारी लगायका क्षेत्रमा वास्ता नगरेको बताउनु भयो । १५ सय कर्मचारीको दिने सेवा ७ सय ले दिएका छन समान्यतयत केही कठिनाई…
दोषिलाई कारबाही गर्न छानबिन समिति :अस्पतालका सेवा सुचारु
स्वास्थ्यसमाचार/गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी अस्पतालले छानबिनलाई सघाउने र सबै सेवा पुनः सुचारु गर्ने विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । अस्पतालले यसअघिको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ । मृतकको शव पाेष्टमार्टम गरेर अन्त्येष्टि गरिनेछ । छानबिन पछि दोषिलाई कावार्हि गरिने छ।
चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालको अत्यावश्यक बाहेकको सेवा बन्द
स्वास्थ्यसमाचार/बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ। मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्। बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ। ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण…
गुल्मी अस्पतालमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव
स्वास्थ्यसमाचार/गुल्मी अस्पताल तम्घासमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षीय प्रशंसा मरासिनीको मंगलबार बिहान ७.४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासी इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर…
लुम्बिनी प्रादेशिक अस्पतालमा ५सयले लिए लैङ्गिक हिंसासम्बन्धी सेवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पान्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पतालमा (ओसीएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समिक्षामा अघिल्लो बर्ष भन्दा यस बर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन…
बुटवलमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम
स्वास्थ्यसमाचार/रुपन्देही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र बिषालु सर्पको पहिचान गर्नुका साथै आवश्यकता अनुसार उचित ठाउ मा रिफर गर्नु का साथै आत्मविश्वास दिलाउने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित तिन दिने तालिमको समापन भएको हो। समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल…
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
स्वास्थ्यसमाचार/नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग…
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५१जना स्टाफ नर्सलाई स्वागत
स्वास्थ्यसमाचार /प्रदेश लोकसेवा आयोगबाट लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ५१ जना नर्सलाई स्वागत गरिएको छ। लामो समय देखी दरबन्दी रहेको तर नर्स अभाब भैरहेको बेला प्रदेश लोकसेवा आयोगले अस्पतालबाट मागको आधारमा नर्सहरुलाई अस्पतालमा पठाएको हो। स्थायी रुपमा सिफारिसलीइ नवनियुक्त (स्टाफ) नर्सलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री अस्पताल प्रशासकिय अधिकृत राजन केसी नर्सिङ्ग प्रमुख ज्योति पौडेल ले उनीहरुलाई स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रमा बोल्दै मेसु डा थापाले नर्सिङ्ग पेसा सेवा भएकोले मुस्कान सहितको सेवा दिन नब प्रबेशीलाई आग्रह गर्नु भयो। अस्पतालका नर्सिङ्ग…