स्वास्थ्य बिमा बोर्डले माघ १ गते देखि सह-भुक्तानी प्रणाली लागू गर्दै

स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह(भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब…

पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’

पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो…

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा.कृष्ण खरेल निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो । निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए । सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।संघको लुम्बिनी…

चिकित्सक संघ लुम्बिनीको नयाँ नेतृत्वको लागी पुस २८ गते निर्वाचन

स्वास्थ्यसमाचार /चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्वको लागी  निर्वाचन हुने भएको छ।चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलका अनुसार आगामी ३ बर्षको लागी यहि पुस २८ गते निर्वाचन हुन लागेको बताउनु भयो। चिकित्सक संघ लुम्बिनी शाखाले निर्वाचनको लागी कार्यतालिका समेत सार्वजानिक गरेको छ। ७ सय भन्दा बढी चिकित्सकहरु आवद्ध रहेको शाखामा निर्वाचन भन्दा कार्यतालिका तयार गरेपनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था देखिएको छ। बिगतका बर्षमा पनि यस्तै अबस्था रहेको र अहिले पनि त्यहि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था रहेको महासचिव पोखरेलले बताउनु भयो।यस पटक भने चिकित्सक संघ लुम्बिनीमा…

१ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बने (सूचीसहित)

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागले १ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बनेका छन् । विभागले सार्वजनिक गरेको स्तरवृद्धि विवरणअनुसार १ सय ८४ जना स्वास्थ्यकर्मी सहायक पाँचौबाट अधिकृत छैटौंमा स्तरवृद्धि भएका हुन् । स्तरवृद्धि हुनेहरुमा सबैभन्दा बढी हेल्थ असिस्टेन्ट एचए रहेका छन् । त्यसबाहेक केही रेडियोग्राफर, ल्याब टेक्नीसियन, एनेस्थेटिक सहायक, परिवार नियोजन सुपरभाइजर, भेक्टर कन्ट्रोल सुपरभाइजर, फार्मेसी सुपरभाइरजर, सिअहेब र बरिष्ठ ल्याब असिस्टेन्ट पनि अधिकृतमा बढुवा भएका छन् । विभागकाअनुसार विसं २०८० साल असारमा आवेदन दिएकाहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ ले तोकेको आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको बढुवा भएको हो…

रुकुमपश्चिमा एक लाख बढीले लगाए टाइफाइड विरुद्ध खोप

स्वास्थ्यसमाचार/भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् । जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोपको लक्ष्य भने जिल्लामा एक लाख २४ हजार लिइए पनि पूरा भएन । यही पुस ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पुस १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी…

सर्लाहीमा अस्पतालका विषयमा विवाद हुँदा झडप, एकको मृत्यु

स्वास्थ्यसमाचार/सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो। सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दियो। अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ। अवस्था अझै साम्य भइनसकेको प्रहरीले जनाएको छ। किन…

बोली ब्यवहार सुधार होला लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीको?

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालमा आउने सेवाग्राहीसँग बोलीचाली सुधार गर्ने उदेश्यले सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे दुई दिने तालिम सम्पन्न भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे । सेवाग्राही सँगको अन्तर सम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी सहजीकरण…

बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार हुदैन :स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानिय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरिय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री खनालले नागरिक स्थानिय सरकारसँग प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानिय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नुभयो । मन्त्री खनालले स्थानिय तहलाई उनीहरुको क्षेत्रको पोषणको अबस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । बालस्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने…

बीमा क्षेत्रमा समस्या भए फुकाउँदै अघि बढ्न सकिन्छ :अध्यक्ष डा.लोहनी

स्वास्थ्यसमाचार /स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रमा समस्या भए अप्ठ्यारो फुकाउँदै अघि बढ्न सकिने बताए । उनले अस्पतालहरुले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए । बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गरिने…