डेँगी तथा मौसमजन्य रोग फैलन सक्ने भएको तयारी रहन स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले डेँगी लगायत मौसमजन्य रोग फैलन सक्ने भएको तयारी अबस्थामा रहन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएका छन। स्वास्थ्य मन्त्रालयको गत आर्थिक वर्ष २०७९/८० को प्रगती समिक्षा तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना माथिको छलफल मन्त्री खनालले स्वास्थ्य निर्देशनालय तथा त्यसका मातहतका सबै संस्थालाई निर्देशन दिएका हुन। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आबश्यक निर्देशिकारकार्यविधि साउन महिनाभित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् । मन्त्री खनालले कार्यविधि नभएको वा अन्य कुनै बाहनामा बजेट कार्यान्वयनमा ढिलाई नगर्न निर्देशनसमेत दिए । चालु…

लुम्बिनी प्रदेशमा आँखाको नानी निशुल्क प्रत्यारोपण गरिने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले बताउनु भयो । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य…

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘समायोजन र मिलान भएका कर्मचारी फिर्ता गर्ने कानुनी आधार छैन’

  स्वास्थ समाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाहरुलाई  साबिक बमोजिम हाजिर गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ। सबै स्थानीय तहलाई पत्र लेख्दै मन्त्रालयले समायोजन भएका कर्मचारीको व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्र अनुसार गर्न अनुरोध गरेको छ। समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राखी प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरूलाई कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्ने कानूनी आधार नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नुहुन मन्त्रीस्तरको  निर्णयानुसार अनुरोध छ।’ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ।

गुल्मीको छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

स्वास्थ्य समाचार /गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले छत्रकोट गाउँपालिकालाइ पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै सडक,भवन,पुल जस्ता पुर्वाधार विकासलाइ मात्र विकास ठान्ने प्रवृत्ति बाट माथि उठि सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । सडक,शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँच बिना अन्य विकासले मात्र समृद्ध समाजको परिकल्पना पनि गर्न नसकिने बताउदै समन्वय प्रमुख खत्रीले ‘निकै मेहनतका साथ छत्रकोटले स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ,यसलाई दीगो रूपमा कायम राख्न आग्रह गर्नुभयो । राज्यले लगानी गरेको हरेक…

तम्घास टेक्निकल गुल्मीमा एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने 

स्वास्थ्य समाचार/गुल्मी र अर्घाखाँचीको गहनाको रुपमा रहेको एक मात्र तम्घास टेक्निकल शिक्षालय तम्घास गुल्मीमा प्रमाणपत्र तहको हेल्थ सहायक र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिभिटिबाट मान्यता प्राप्त टेक्निकल शिक्षालय हो । तम्घास टेक्निकल शिक्षालयका अध्यक्ष शेर बहादुर थापाले दिनुभएको जानकारी अनुसार शैक्षिकसत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा हेल्थ एसिस्टेन्ट (एचए) र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन हुने छ । विगत २५ वर्ष देखि यस शिक्षालयमा अनमी तथा सि.एम्.ए…

रिटायर्ड नर्स कमला बनिन रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालवाट रिटायर्ड भएको केहि महिनामा रोटरी क्लब अफ बुटवल डाउन टाउनको अध्यक्ष कमला हमालले निबाचित भएकी छन। क्लबको २२ औ तथा दोस्रो महिला अध्यक्षका रुपमा वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमालले निर्बाचित भएकी हुन। लुम्बिनी प्रादेशिक अस्पतालमा ४ दशक लामो नर्स सेवा दिएकी उनी रुपन्देहीका सामाजिक संघसंस्थामा आवद्ध छिन् । बुधबार कार्यक्रमको एक समारोहका बीच रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले वर्ष २०२३/२०२४ का नवनिर्वाचित अध्यक्ष कमला हमाललाई पदस्थापन गराए । कार्यक्रमको उदघाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले रोटरीको मुलमन्त्र स्वार्थभन्दा माथि सेवाको…

लुम्बिनीमा स्वयंसेविकालाई सेवानिवृत भएपछि ५० हजारले सम्मान गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उहाँहरु सेवानिवृत भएपछि ५० हजारले सम्मान गर्ने नयाँ कार्यक्रम ल्याएको बताएका छन। भैरहवा भएको एक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले स्वास्थ्यको सबै क्षेत्रमा स्वयंसेविकाका स्वयंसेविकाको महत्वपुर्ण भुमिका रहन्छ त्यसका लागी सरकारले सम्मान गर्ने नयाँ कार्यक्रम ल्याएको बताएका हुन। महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उहाँहरु सेवानिवृत भएपछि सम्मानपत्र र रु. ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको वताए । महिला स्वास्थ्य स्वयंसेविका लिला खड्काले महिला स्वास्थ्य स्वयंसेविकाको सरकारले उच्च मूल्यांकन गर्नुपर्ने बताइन् ।

सीटीईभीटीद्धारा नर्सिङ, एचए र फार्मेसीको बढाएको शुल्क फिर्ता

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको बढाएको अध्ययन शुल्क लागु नगर्ने भएको छ । परिषद्ले सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने निर्णय भएकाले हाललाई शुल्क समायोजन सम्बन्धी यस अघिको निर्णय स्थगित गरिएको सीटीईभीटीले सूचना निकालेर जानकारी दिएको छ । सीटीईभीटी शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले विरोध गरेका थिए ।सीटीईभीटीले असार २९ गते ९गत शुक्रबार सूचना प्रकाशित गरि नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे…

समायोजन भएका कर्मचारीलाई साविक बमोजिम हाजिर गराउनु : सामान्य प्रशासन मन्त्राल

स्वस्थ समाचार/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका केही कर्मचारीहरुलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि सामान्य प्रशासन मन्त्रालयले उक्त कार्य कानूनी व्यवस्था प्रतिकूल रहेको भन्दै साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न स्थानीय निकायलाई अनुरोध गरेको छ । ‘प्रचलित कानूनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानूनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्थापन गर्नु हुन यस…

शुद्धोधन गाउँपालिकामा शून्य वडा ‘होम डेलिभरी’ वडा घोषणा तयारी

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिकाको कार्यालय मानपकडीमा शुन्य होम डेलिभरी वडा घोषणा तयारी भएको छ। आज गाउँपालिकामा यसै बारे छलफल भएको भएको हो। गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षतामा उपाध्यक्ष शान्ता देवि ज्ञवाली वडा नं ४ का वडा अध्यक्ष केशवप्रसाद अधिकारी, फेयरमेड फाउण्डेशन नेपालका तुलसीराम खनाल,मन्जु पाण्डे, खुमकला गिरी,इन्द्रेणी ग्रामीण विकास केन्द्रका परियोजना अधिकृत किरणश्रेष्ठ, स्वास्थ्यकर्मी लगायतको उपस्थितिमा भएको शून्य होम डेलिभरीको बारेमा बैठकमा चौध वटा बुदाको छलफलमा भएको थियो। शुन्य होम डेलिभरी कृर्याकलाप सञ्ंचालन कार्यक्रममा गरिएको छलफलमा गाउँ कार्यपालिका सदस्यहरुसंग छलफल गरि निकासन निकाल्ने,स्वास्थ्यकर्मीहरुको ओरिएन्टेशन कार्यक्रम संचालन तथा योजना निर्माण गर्ने,आमा…