स्वास्थ्यसमाचार/ गुल्मीको छत्रकोट गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिकाअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी गरिएको घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनासम्मका जम्मा ७३९ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गरिएको जनाइएको छ। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य प्रशासक पुष्पा थापाले गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेललाई प्रमाणीकरण पत्र प्रदान गरेकी थिइन्। साथै गाउँपालिका अध्यक्ष पाण्डेद्वारा गाउँपालिकाका ६ वटै…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बिजौरी अस्पताल र सिंहदरबार वैद्यखानाबीच औषधि आपूर्ति सम्झौता
स्वास्थ्यसमाचार/ दाङस्थित प्रादेशिक आयुर्वेद अस्पताल बिजौरी ले गुणस्तरीय आयुर्वेदिक औषधि सेवा विस्तार गर्ने उद्देश्यसहित सिंहदरबार वैद्यखाना सँग औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ। सरकारी–सरकारी (Government to Government–G2G) साझेदारीअन्तर्गत भएको उक्त सहकार्यले दाङमा आयुर्वेद स्वास्थ्य सेवाको विश्वसनीयता र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सम्झौताअनुसार अब प्रादेशिक आयुर्वेद अस्पताल बिजौरीको सशुल्क फार्मेसीका लागि सिंहदरबार वैद्यखानाद्वारा उत्पादित गुणस्तरीय तथा प्रामाणिक आयुर्वेदिक औषधिहरू उपलब्ध गराइनेछ। यसबाट सेवाग्राहीले सरकारी स्तरमै उत्पादन भएका भरपर्दा आयुर्वेदिक औषधि सहज रूपमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ। नेपालकै पुरानो तथा प्रतिष्ठित सरकारी आयुर्वेद औषधि उत्पादन…
सिद्धार्थ इन्स्टिच्युट भैरहवामा एचए र आयुर्वेद पढने सुनौलो अवसर
Advertisement /रुपन्देहीको भैरहवास्थित Siddhartha Institute of Medical Technology ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त तीनवर्षीय कार्यक्रमअन्तर्गत प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) तथा प्रमाणपत्र तह आयुर्वेद (कबिराज) कार्यक्रममा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ। संस्थाद्वारा प्रकाशित सूचनाअनुसार प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) मा ४० सिट तथा प्रमाणपत्र तह आयुर्वेद (कबिराज) कार्यक्रममा पनि ४० सिट निर्धारण गरिएको छ। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको संस्थाले जनाएको छ। भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम २.०…
अन्तर्राष्ट्रिय नर्स दिवस : सेवाभावको उज्यालो, नर्सहरूको समर्पण र मानवताको सेवा यात्रा
हरेक वर्ष मे १२ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइन्छ। यो दिन केवल औपचारिक उत्सव मात्र होइन, यो त्यस्ता हातहरूको सम्मान हो जसले पीडा सम्हाल्छन्, आँसु पुछ्छन्, र जीवनलाई पुनः आशाको बाटोमा फर्काउँछन्। अस्पतालका सेता पोशाकभित्र लुकेको त्यो न्यानो मन, जसले बिरामीको नाडी छाम्दा केवल रोग होइन, पीडा र डर पनि महसुस गर्छ—त्यही नै नर्स हो। नर्स भन्नु केवल एउटा पेशा होइन, यो त मानवताको सबैभन्दा संवेदनशील रूप हो। जब संसारमा रोग, महामारी र संकट आउँछ, चिकित्सकसँगै अगाडि उभिने पहिलो पंक्तिका योद्धा नर्सहरू नै हुन्छन्। उनीहरू रातदिन नभनी बिरामीको…
पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ । जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चितता मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री सारुले प्रदेशका १२ जिल्लामध्ये नवलपरासी पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नवलपरासी अग्रस्थानमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले सुरक्षित मातृत्वलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो । १६…
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम: स्वास्थ्यका यी मुख्य एजेन्डा
स्वास्थ्यसमाचार/ ]राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रलाई सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा विस्तार, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, नसर्ने रोग नियन्त्रण, टेलिहेल्थ सेवा तथा अपांगता पुनःस्थापनाजस्ता विषयलाई विशेष महत्व दिइएको छ । सरकारले प्रत्येक नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने घोषणा गरेको छ । यस अन्तर्गत आवश्यक जनशक्ति, औषधि, उपकरण तथा पूर्वाधारसहितको…
एमडी, एमएस र एमडीएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग
काठमान्डौ/ नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडीएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको हो । विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि (पीएचडी) उपाधि अनिवार्य गरिने व्यवस्था प्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडीएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिइँदै आएको उल्लेख गरिएको छ । नेपालमा पीएचडी अध्ययन–अध्यापन गर्ने संस्था…
सरकारले ल्यायो सुझाव पोर्टल : नीति, कार्यक्रम र बजेट तर्जुमामा नागरिकको सहभागिता बढाइँदै
स्वास्थ्यसमाचार/प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ । ‘यस पोर्टलका माध्यमबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्न सक्नुहुनेछ’ प्रेस तथा अनुसन्धान विज्ञ…
एशिएन फर्मास्युटिकल्सले ल्यायो ‘भिप्राज’ : ग्यास्ट्राइटिस र एसिडिटी उपचारमा नयाँ विकल्प, ब्रेल लिपिसहित औषधि बजारमा
स्वास्थ्यसमाचार/ एशिएन फर्मास्युटिकल्स ले ग्यास्ट्राइटिस तथा पेटमा अत्यधिक एसिडिटी सम्बन्धी समस्याको उपचारमा प्रयोग हुने नयाँ औषधि ‘भिप्राज’ (भोनोप्राजन) नेपाली बजारमा ल्याएको छ। ‘प्यान्टप’ जस्ता लोकप्रिय औषधि उत्पादन गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक भोनोप्राजन समूहको औषधि सार्वजनिक गरेको जनाएको छ। यो औषधि ‘पोटासियम कम्पेटिटिभ एसिड ब्लकर’ (पी–क्याब) वर्गअन्तर्गत पर्ने नयाँ पुस्ताको मोलिक्युल हो, जसलाई ग्यास्ट्राइटिस तथा एसिड रिलेटेड डिसअर्डरको प्रभावकारी उपचारका रूपमा विभिन्न देशमा प्रयोग गरिँदै आएको छ। कम्पनीका कार्यकारी निर्देशक शंकर घिमिरेका अनुसार जापानमा सन् २०१५ र अमेरिकी औषधि नियामक निकाय यूएसएफडीएबाट सन् २०२२ मा स्वीकृति पाएपछि नेपाली चिकित्सकहरूले…
स्वास्थ्य दरबन्दीमा विभेदको आरोप : जनकपुरमा प्रदर्शन, स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग
स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी र सिएमए लगायत पदमा अवसर नदिएको भन्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर्न र आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई शून्य अवसर दिइनु विभेदपूर्ण भएको बताए। उनका अनुसार देशभर हरेक वर्ष हजारौं स्वास्थ्यकर्मी उत्पादन भइरहेका भए पनि सम्बन्धित पदमा दरबन्दी नखुलाउँदा भविष्य अन्योलमा परेको छ।उनीहरूले सरकारले…

