तिलोत्तमा -१४ टिकुलीगढमा निःशुल्क क्यान्सर शिविर, ३२० लाभान्वित

स्वास्थ्यसमाचार/तिलोत्तमा –१४ टिकुलीगढमा शुभयात्रा नेपालको आयोजनामा निःशुल्क क्यान्सर रोग पहिचान तथा सचेतना शिविर सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका र वडा नं. १४ को सहआयोजना तथा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्तन, पाठेघर, फोक्सो र प्रोस्टेट क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

शिविरबाट ३२० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समयमै रोग पहिचान र सचेतना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

शुभयात्रा नेपालका अध्यक्ष मधुसुदन गैह्रेले संस्थाको पञ्चसूत्रीय कार्ययोजना, क्यान्सर सचेतना कार्यक्रम तथा स्वास्थ्य, पर्यटन र सामाजिक विकाससम्बन्धी विभिन्न योजनाबारे जानकारी दिएका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :