स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पदका लागि करार सेवामा कर्मचारी पदपूर्तिको सूचना प्रकाशित गरेको छ।
अस्पतालले कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, कार्डियोलोजिस्ट, न्यूरो सर्जन, रेडियोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, जनरल सर्जन, ग्यास्ट्रोएन्टेरोलोजिस्ट, अंको सर्जन, फिजियोथेरापिस्ट, मेडिकल रेकर्ड अधिकृत, रेडियोग्राफी टेक्नोलोजिस्ट, डाइटिसियन सुपरभाइजर, कम्प्युटर सब इन्जिनियर र मेडिकल रेकर्ड असिस्टेन्टलगायत पदमा आवेदन खुलाएको हो।
इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित अस्पतालमा आवेदन दिन सक्नेछन्। आवेदन फाराम तथा विस्तृत जानकारी अस्पतालको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।
यस्तो छ सुचना



प्रतिकया दिनुहोस्