स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले मातहतका सबै अस्पताल विकास समितिहरू विघटन गरेको छ। लुम्बिनीमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल गरी दुई प्रादेशिक अस्पतालहरू छन्।
अन्य जिल्ला अस्पतालहरू छन्। लुम्बनी प्रदेश भरका कुल १४ अस्पतालहरूको विकास समितिहरू एकै साथ विघटन गरिएको हो। ती सबै अस्पतालहरूका विकास समितिहरू विघटन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री खेम सारुले जानकारी दिनुभयो ।
स्रोतका अनुसार प्रदेशभरका अस्पतालहरूमा विकास समिति विघटन गर्ने निर्णय गत चैत २६ गते नै प्रमुख सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भइसकेको थियो।
वैशाख १६ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठक, आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको बैठक ले प्रदेशका १२ वटै अस्पतालहरूका विकास समिति विघटन गर्ने निर्णय गरेको थियो ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्