तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि, युवा र पूर्वाधार प्राथमिकतामा

स्वास्थ्यसमाचार/रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख (मेयर) रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ । ‘युवाका लागि नगर, नगरका लागि युवा’, कार्यक्रमका साथै युवालाई उद्यमशीलतामा जोड्न युवाले सञ्चालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिने, ‘दक्ष जनशक्ति : तिलोत्तमाको सम्पत्ति’ अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरूलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन युवाहरूलाई विशेष तालिम…

फलको राजा आँप: स्वास्थ्यका लागि ८ चमत्कारी फाइदाहरू

स्वास्थ्यसमाचार/ फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले…

कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्थित बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए । जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनिका सबै बालबालिकाहरु पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख…

तिलोत्तमामा स्तन र पाठेघर मुखको क्यान्सर पहिचानका लागि शिविर

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले कुनै पनि रोग लागेर महिला तथा युवतीहरुको ज्यान जान नपरोस भन्ने कुरालाई आत्मसाथ गरि नगरका महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँचलाई बृहत शिविर नै आयोजना गरी परिक्षण शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सेमराबजार स्वास्थ्य चौकीमा पाठेघरको र स्तन क्यान्सरको जाँच सम्बन्धीत बृहत स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले तिलोत्तमामा कुनैपनि महिला स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट मृत्यु हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनु…

तिलोत्तमामा हरेक वडामा नियमित VIA परीक्षण सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पाठेघरको मुखको क्यान्सर समयमै पहिचान तथा रोकथाम गर्नका लागि २४ जना नर्सहरूलाई VIA  ( Visual Inspection with Acetic Acid) परीक्षण सम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन भएको हो। तालिमका प्रशिक्षकहरूले नर्सहरूलाई VIA परीक्षणको सिद्धान्त, प्रक्रिया, उपकरणको प्रयोग र परीक्षणपछि आवश्यक सल्लाह तथा उपचार सिफारिस सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका छन्। कार्यक्रममा सहभागी नर्सहरूलाई आफ्नै सेवा केन्द्रमा नियमित रूपमा VIA परीक्षण सेवा दिन तयार पारिएको छ। तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले नगरले २४ जना नर्सलाई तालिम दिएको र नियमित रुपमा प्रतेक वडामा…

स्वास्थ्यमा बजेट: औषधि, उद्धार, रोग निवारणदेखि संरचना विकाससम्म

निःशुल्क औषधि र उपकरणका लागि १५ करोड स्वास्थ्यतर्फ निःशुल्क वितरण गरिने औषधिका लागि ३ करोड र उपकरणका लागि १२ करोड बजेट विनियोजन भएको छ । निःशुल्क हवाइ उद्धारलाई १० करोड उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न सुरक्षित मातृत्व अभियान अन्तर्गत निःशुल्क पूर्व प्रसुतीदेखि उत्तर प्रसुती सेवा प्याकेज, दुर्गम स्थानमा निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रमका लागि रु १० करोड विनियोजन भएको छ । आत्महत्याको रोकथामलाई २ करोड बढ्दो मानसिक स्वास्थ्यको समस्या तथा आत्महत्याको रोकथाम र उपचारको लागि नागरिक आरोग्य कार्यक्रम, जीवनशैली परिवर्तन, योग शिविर सञ्चालन र मनोसामाजिक परामर्श लगायतका…

स्वास्थ्यमा लुम्बिनी प्रदेश सरकारको ४ अर्ब ९५ करोड बजेट

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/ ८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत…

प्रादेशिक आयुर्वेद चिकित्सालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको स्तरबृद्धिको लागी ३ करोड

दुई आयुर्वेद अस्पताललाई ३ करोड प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रुपमा स्तरोन्नति गर्न रु ३ करोड विनियोजन भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको लागी १ अर्ब बजेट बिनियोजन

प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि रु १ अर्ब विनियोजन भएको छ ।

प्यूठानको विजुवारमा ग्यास्ट्रो सेन्टर बुटवलको निःशुल्क पेट रोग शिविर

स्वास्थ्यसमाचार / ग्यास्ट्रो सेन्टर बुटबलले प्यूठानको विजुवारमा पेट रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १५० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो। शिविरमा १८ जना बिरामीलाई ईन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो।उहाँका अनुसार समाजप्रतिको उत्तरदायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो। डा. भुसालले यस्ता शिविर अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। दुर्गम बस्तीमा विशेषज्ञ…