क्षयरोग मुक्त अभियानका लागि बुटबल उपमहानगरको अभियान तिब्र

स्वास्थ्यसमाचार/क्षयरोग मुक्त पालिका बनाउनको लागि बुटवल उपमहानगर पालिका ले अभियान तिब्र बनाएको छ ।नगर स्तरीय क्षयरोग समन्वय समिति गठन गरेको बुटवले १९ वटै वडामा क्षयरोगको वडा स्तरीय समिति गठन गरेको स्वास्थ शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै वडाहरूलाई समेटेर पालिका स्तरमा युवाहरुलाई क्षयरोगको अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । १९ वटै वडाहरुमा क्षयरोगको २० स्थानमा निशुल्क स्क्रिनिङ शिविर संचालन हुदा १५ जना क्षयरोगी पत्ता लागेको छ ।

पालिकामा क्षयरोगको चेक जाँच लाई सहज बनाउन प्रयोगशाला सेवाको बिस्तार भएको रहेको छ । क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम र बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा खटाउनुको लागि भनेर हरेक वडाबाट एक एक जना क्षयरोग मुक्त सामुदायिक स्वमसेवक ( टीबीएफसीभी) छनोट गरेर उनीहरुलाई क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम समेटिएको बिभिन्न विषयवस्तुमा आधारित रहेर अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन भईसकेको पाण्डेले बताउनु भयो ।

जनस्वास्थ्य शाखा प्रमुख पाण्डेका अनुसार आ.व. २०८०/०८१ मा ४४३ जना क्षयरोगका नयाँ बिरामी दर्ता भै औषधि सेवन गरेको छन् भने गरिब बिपन्न क्षयरोगीको पहिचान गरि खाद्य , पोषण युक्त खाद्य सामग्रीको वितरण ३४ जनालाई गरिएको छ ।

पालिकाले अभियान अन्तरगत विद्यालयका स्वास्थ्य शिक्षक तथा विद्यालय नर्सहरुलाई क्षयरोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । यस्तै क्षयरोगको समिक्षा समेत गरिएको छ । नगर प्रमुख खेलराज पाण्डेले क्षयरोग मुक्त बुटबल उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यकता रहेने भएकोले आफनो ठाउँबाट सहयोग गर्न आग्रह गर्नु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :