रोटरी क्लव अफ बुटवल चौतारीको बैठकमा स्वास्थ्य सचेतना

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा स्वास्थ्य सचेतना प्रदान गरिएको छ । क्लवको २१३ औं नियमित बैठकका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. हरिप्रसाद पन्थीले स्वास्थ्य सचेतना प्रदान गरेका थिए ।

कार्यक्रममा डा. पन्थीले मानिस कसरी स्वस्थ रहने र यसका लागि कस्तो जीवनशैली अपनाउनु पर्छ भन्ने विषयमा प्रकाश पारेका थिए । व्यक्तिले आफ्ने दैनिक रहनसहनलाई सन्तुलित राख्न सकेमा धेरै रोगबाट बच्न सकिने भन्दै उनले समाजमा रेविज र सर्पको डसाइबाट बच्ने उपायका बारेमा जानकारी गराउनुका साथै यसको प्रभावकारी उपचारका बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै क्लवका सदस्य समेत रहेका सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीका अध्यक्ष क्रृषिबहादुर रेश्मीले सामाजिक क्षेत्रमा रोटरीले ठूलो योगदान पु¥याउँदै आएको भन्दै आफू पनि रोटरीको माध्यमबाट पूर्णरुपमा सामाजिक कार्य गर्ने हिसावले अगाडि बढेको बताए । क्लवले सितगंगा वडा नम्बर ६ लाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरिसकेको छ ।

क्लवका चार्टड सदस्य एवं हाल रोटरी क्लव अफ लुम्बिनीका प्रेसिडेन्ट इलेक्ट पदम खनाल समेत उपस्थित कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवले हरेक शनिबार नयाँ नयाँ कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :