राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीमैत्रि सेवा सुनिश्चित गर्न निर्देशन

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्श, स्वास्थ्यकर्मि, विभागीय प्रमुख, शाखा प्रमुखहरुको बैठक आइतवार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ ।

बैठकमा प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्साल र अस्पताल निर्देशक प्रा.डा जनार्दन पन्थिले संयुक्तरुपमा अस्पतालको सेवालाई विरामीमैत्रि बनाउन र गुनासो नआउने गरी कामलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनु भएको हो ।

रजिष्ट्रार लम्सालले देशमा विकशीत राजनैतिक, सामाजिक घटनाक्रम र शनिवार दाङको सुरक्षा संयन्त्रको प्रतिष्ठान भ्रमणकाक्रममा राखीएका चासो र प्रतिष्ठानप्रति निरन्तर ब्यक्त हुने जनसरोकारका विषयहरुमा ब्रिफीङ गर्नु भएको थियो ।

उहाँले प्रतिष्ठानको फार्मेसिमै पाइने औषधिहरु किन्न विरामीलाई वाहीर नपठाउन र ल्यावको जाँचहरु पनि वाहीर नपठाउन आग्रह गर्दै यदि त्यस्तो फेला परे कानुन विपरीतका कामहरुमा प्रतिष्ठान जिम्मेवार नरहनेसमेत बताउनु भयो ।

आफ्नो पेशागत जिम्मेवारीमा आफै प्रतिवद्ध भई इमान्दारपुर्वक सेवामा खट्न पनि सबैलाई निमित्त अस्पताल निर्देशक प्राडा पन्थिले निर्देशन दिनु भयो । अस्पतालको तोकिएको कार्यालय समयमा पोशाकमा आउन र बिरामीलाई परामर्श दिने कुरामा अत्यन्तै सहज बनेर सेवा प्रबाह गर्न सबैलाई उहाँहरुले निर्देशन दिनु भयो ।

सो अवसरमा प्रतिष्ठानका निमित्त शिक्षाध्यक्ष प्राडा बसन्त लामीछाने, निमित्त डिन डा. रमेश कडेल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक :