स्वास्थ्यसमाचार/ सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलले नवजात शिशु उपचार खर्चबारे हालै सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
अस्पताल प्रशासनले गुल्मी दरबार गाउँपालिका–बाख्रे घर भई हाल बुटवलको कालिकानगर बस्दै आएकी मीना शर्माले भाद्र ४ गते नवजात शिशु NICU कक्षमा भर्ना गराएकी र भाद्र ७ गते डिस्चार्ज गराएको जानकारी दिएको छ।
यस क्रममा NICU, भेन्टिलेटर, अक्सिजन, ल्याब, एक्स–रे लगायत सेवावापत कुल रु. २८ हजार ५३० शुल्क तोकिए पनि अस्पतालले रु. १० हजार छुट दिँदा जम्मा रु. १५ हजार ८३० मात्र तिरेको अस्पतालले स्पष्ट पारेको छ।
आमाले किन त्यो भनिन त्यो उनैले जान्ने कुरा भएको अस्पतालले जनाएको छ । अस्पतालले शिशु उपचारमा दैनिक रु. २५ हजारभन्दा बढी खर्च लागेको भन्ने समाचार “ नसत्य” भएको बताएको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार, NICU सेवाको दैनिक शुल्क रु. ९,८३० तोकिएको र विपन्न परिवारलाई विशेष छुटको व्यवस्था गरिएको उल्लेख छ।
अस्पतालका प्रशासक खगेन्द्र क्षत्रीले भने, “आधुनिक उपकरणसहितको NICU सञ्चालन गर्न ठूलो खर्च लाग्ने भएकाले शुल्क दर निर्धारण गरिएको हो। तर, विपन्न वर्गलाई उपचारबाट वञ्चित हुन नदिन छुटको व्यवस्था मिलाइएको छ।”
यद्यपि, अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ कार्यान्वयन प्रक्रिया अघि बढाए पनि हालसम्म सञ्चालन अनुमति प्राप्त नभएको जनाएको छ।
प्रतिकया दिनुहोस्