बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैंको बिदा अवधिभर पनि सेवा दिने भएको छ ।
असोज १३ गते दशैंको फूलपातीबाट सरकारले बिदा दिएको भए पनि बुटवल हस्पिटल प्रा. लि. ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी अस्पतालका सबै सेवाहरू नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।अस्पतालको इमर्जेन्सी, ओपीडी,आईसीयू, एनआईसीयू,अपरेशन लगायतका सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।
सरकारबाट १०० शैयाको बेड सञ्चालन अनुमति प्राप्त बुटवल हस्पिटल प्रा. लि. ले वर्षभरि ३६५ दिन सेवा प्रदान गर्ने भएकाले कुनै पनि बिरामीलाई समस्या नपर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनुभयो ।
उहाँले चाडपर्वका बेला स्वास्थ्य संस्था बन्द हुँदा धेरै बिरामीले समस्या भोग्नुपरेको विगतको अनुभवलाई स्मरण गर्दै अस्पताल सधैं खुला रहनु पर्ने पक्षमा रहेको बताउनुभयो ।
बुटवल हस्पिटल प्रा. लि. का वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक हरेक वर्ष चाडपर्वमा पनि बिरामीहरूको सेवामा खटिँदै आउनुभएको छ । उहाँले बिरामीको उपचार गरेर ज्यान बचाउनु नै चिकित्सकका लागि सबैभन्दा ठूलो सन्तुष्टिको विषय भएको बताउनुभयो ।
प्रतिकया दिनुहोस्