सीआईबीमा गृहमन्त्रीको घोषणा: राजनीतिक दबाबमा बन्द गरिएका सबै फाइल पुनःखोलिने

स्वास्थ्यसमाचार / गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउँदै सबै फाइल खोल्ने प्रष्ट्याए ।

अपराध अनुसन्धानमा अब ब्रेक थ्रू हुने गृहमन्त्रीको जिकिर छ । सुशासन दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बीचैमा भंग भएकाले अब सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनको भनाइ थियो । शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने अर्यालले बताए ।

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायिकता प्रदर्शन गरेर प्रभावकारी रूपमा अनुसन्धानको काम अघि बढाउन सीआईबीका अधिकारीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित शिर्षक :