स्वास्थ्यसमाचार/ १९औँ गणतन्त्र दिवसको अवसरमा भिम अस्पताल, भैरहवामा रक्तदान कार्यक्रम तथा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख विश्वप्रकाश अर्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत कर्मचारी मिलन केन्द्रको सहयोगमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो। फलफूल वितरणका क्रममा बिरामी तथा उनका आफन्तले अस्पतालले स्वास्थ्य सेवासँगै मानवीय संवेदनालाई पनि प्राथमिकता दिएको बताएका थिए।सामाजिक उत्तरदायित्व र मानवीय…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका लागि ९७७ थप दरबन्दीसहित १८०८ पदको ओएनएम स्वीकृत
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी अन्तिम रूपमा स्वीकृत भएको छ। मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोग मार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया अघि बढाइनेछ। यसअघि कायम रहेको ८३१ दरबन्दीमा थप ९७७ नयाँ दरबन्दी थपिएपछि मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी पुगेको हो। मन्त्रालयले नयाँ संरचनाअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको जनाएको छ। मन्त्रालयका अनुसार यो स्वीकृत सूची संघीय पुल दरबन्दी संरचनासम्बन्धी व्यवस्था अन्तर्गत तयार गरिएको हो। साथै सिएमए, अहेब र अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीका लागि प्रदेश तथा स्थानीय तहमा…
अस्पतालजन्य फोहर लाई मोहर बनाउँदै लुम्बिनी प्रादेशिक अस्पताल
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल ले अस्पतालजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै त्यसबाट आम्दानी गर्ने नयाँ अभ्यास सुरु गरेको छ। अस्पताल प्रशासनका अनुसार फोहरको वर्गीकरण, पुनः प्रयोगयोग्य सामग्रीको व्यवस्थापन तथा वैज्ञानिक ढंगले संकलन प्रक्रियालाई प्रभावकारी बनाइएपछि अस्पताललाई मासिक करिब ७९ हजार रुपैयाँ आम्दानी हुन थालेको हो। अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले अस्पतालमा उत्पादन हुने विभिन्न प्रकारका फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न थालेपछि आर्थिक लाभ समेत देखिन थालेको जानकारी दिए। उनका अनुसार प्लास्टिकजन्य सामग्री, खाली सलाइन बोतल, औषधिका कार्टुन, कागज, फलामजन्य सामग्री तथा अन्य पुनः प्रयोग गर्न सकिने वस्तु बिक्रीबाट अस्पतालले मासिक आम्दानी…
महिनावारी स्वच्छता दिवस : विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता
स्वास्थ्यसमाचार/ देवदह नगरपालिका वडा नं. २ ढेकावरस्थित केरवानी स्वास्थ्य चौकीको आयोजनामा महिनावारी स्वच्छता दिवसका अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। महिनावारी स्वच्छताबारे किशोर–किशोरी अवस्थादेखि नै सचेतना फैलाउने, गलत धारणा हटाउने तथा स्वास्थ्यसम्बन्धी ज्ञान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम देवदह–२ स्थित सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलमा गरिएको हो। प्रतियोगितामा देवदह नगरपालिका वडा नं. १ को सरस्वती मा.वि., वडा नं. २ को भविष्य निर्माण मा.वि., सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुल तथा नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुल गरी चार वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूबीच महिनावारी स्वच्छता, स्वास्थ्य, सरसफाइ…
गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई
स्वास्थ्यसमाचार/गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
डाक्टर सुभाष पाण्डे ११ औं तहमा बढुवा
स्वास्थ्यसमाचार/ प्रदेश लोक सेवा आयोग, लुम्बिनीले स्वास्थ्य सेवातर्फको उच्च तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगको बुटवलस्थित अन्तर्वार्ता तथा सिफारिस शाखाले सूचना जारी गर्दै प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिष्ट (अधिकृतस्तर एघारौं तह) पदको योग्यताक्रम सूची प्रकाशन गरेको हो। आयोगको विज्ञापन नम्बर ५१००१/२०८२-८३ (अन्तर तह) अन्तर्गत माग भएको एक पदका लागि लिखित परीक्षाबाट ३ जना उम्मेदवार छनौट भएका थिए। जेठ १३ गते सञ्चालन गरिएको अन्तर्वार्ता र लिखित परीक्षाको कुल प्राप्ताङ्कको आधारमा स्थायी नियुक्तिका लागि डा सुभाष पाण्डे सिफारिसमा पर्नुभएको छ। उहाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा नियुक्तिका लागि सिफारिस गरिने निर्णय…
रुपन्देहीमा महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला प्रतियोगिता
स्वास्थ्यसमाचार / विश्व महिनावारी स्वच्छता दिवस–२०२६ को अवसरमा “महिनावारी स्वास्थ्य र पुरुषको सहभागिता” विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बुटबलमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिका मानव ज्ञान माध्यमिक विद्यालयकी विद्यार्थी प्रकृति अधिकारी प्रथम भइन् । उनले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी रामपुर माध्यमिक विद्यालय की सुस्मिता पाण्डेय द्वितीय भइन् । उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरिन् । यस्तै देवदह सेभेन स्टार इ.बो. की छात्रा सलिना सारु…
लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह टेन्डर खुला न्यूनतम ४२ लाख
स्वास्थ्यसमाचार/ लामो समयदेखि टेन्डर प्रक्रिया रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल को चमेनागृह (क्यान्टिन) अन्ततः टेन्डर गरिएको छ । अस्पताल प्रशासनले नयाँ आर्थिक प्रस्तावसहित चमेनागृह सञ्चालनका लागि प्रक्रिया अघि बढाएको हो । अस्पताल स्रोतका अनुसार यसपटक चमेनागृहको न्यूनतम बोलकबोल रकम नै ४२ लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । हाल चमेनागृह वार्षिक करिब २५ लाख रुपैयाँमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनिक बिरामी, कुरुवा तथा सेवाग्राहीको अत्यधिक चाप रहने भएकाले चमेनागृह आर्थिक रूपमा आकर्षक मानिन्छ । अस्पतालका प्रशासन प्रमुख प्रेम गौतम ले लामो समयपछि प्रक्रिया अघि बढाइएको जानकारी दिँदै अस्पतालको…
फेसबुक आईडी फेक, डाक्टर महिलाको भेष : धन्दा ३२ वर्षीय पुरुषको, लाग्यो साइबर केस
स्वास्थ्यसमाचार | सामाजिक सञ्जाल फेसबुकमा नक्कली आईडी बनाएर आफूलाई महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै युवती र बालिकालाई झुक्याउने तथा अनलाइनमार्फत मनोवैज्ञानिक दबाब सिर्जना गर्ने आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी ३२ वर्षीय निर्मल थापा क्षेत्री विरुद्ध रूपन्देही जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ। अभियोगपत्र अनुसार प्रतिवादीले फेसबुकमा सरिता मगर र रेजिना थापा नामका नक्कली आईडी बनाएर आफूलाई पाल्पा मिसन अस्पतालकी महिला डाक्टर तथा नर्सको रूपमा चिनाउँदै विभिन्न व्यक्तिसँग सम्पर्क गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य जाँचको बहाना बनाउँदै विश्वास जित्ने प्रयास गरेको र त्यसपछि निजी…
लुम्बिनीको ८३-०८४ नीति तथा कार्यक्रम : १४ बुँदामा समेटिएका स्वास्थ्य क्षेत्रका मुख्य योजना
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व, मानसिक स्वास्थ्य, अस्पताल स्तरोन्नति, टेलिमेडिसिन, दीर्घरोग व्यवस्थापन, आयुर्वेद सेवा विस्तार र डिजिटल स्वास्थ्य प्रणाली विकासलाई मुख्य एजेन्डा बनाएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नागरिकको पहुँचयोग्य, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवामा जोड दिइएको छ। यस्ता छन स्वास्थ्यका कार्यक्रमहरु १. सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिइनेछ। दुर्गम स्थानका गर्भवती तथा सुत्केरी आमाहरूको जटिलताको व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा प्रदान गरिनेछ। स्थानीय तहमा हुने सेवाग्राहीको चाप,…



